5 years ago
June 15, 2021
एजेन्सी – शुक्रबार देखिसुरु हुने विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि भारतले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा अन्तिम टोली घोषणा गरेको हो ।

भारतीय अन्तिम टोलीमा ओपनर लोकेश राहुल, मयंक अग्रवाल, तीव्र गतिका बलर शार्दूल ठाकुर, स्पिनर अक्षर पटेल र वासिन्टन सुन्दरले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । भारतले ओपनरमा रोहित शर्मा र सुभमन गिललाई खेलाउने निश्चित जस्तै बनेको छ । स्पिनरमा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले मौका पाएका छन् । तीव्र गतिका बलरमा उमेश यादव, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शामी र मोहम्मद शिराज गरि पाँच खेलाडी छन् । अलराउन्डरमा जडेजा र हनुमा विहारी रहेका छन् ।
भारतलाई अष्ट्रेलियासँग चार टेष्ट सिरिज २-१ ले जिताउन तीव्र गतिका बलर शार्दूल ठाकुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै अष्ट्रेलिया भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर वासिन्टन सुन्दरले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । घरेलु मैदानमा इंग्ल्यान्डसँगको टेष्ट सिरिज ३-१ ले जिताउन सर्वोत्कृष्ट प्रदर्शन गरेका स्पिनर अक्षर पटेलले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । फाइनल हुने साउथह्याप्टनको मैदान तीव्र गतिका बलर उपयोगी हुँदा भारतले दुई मात्र स्पिनर टोलीमा राखेको छ ।

आइसिसीका टेष्ट वरियता शीर्ष नौं टोलीबीच दुई बर्ष चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने छ । उप विजेता अर्थात दोस्रो हुने टोलीले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् ।
न्युजिल्यान्डले फाइनल अघि इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्दै १–० ले जितेको छ । भारतले आन्तरिक अभ्यास गरेको थियो । टेष्ट च्याम्पियनसिप फाइनल बराबरी भएमा भने संयुक्त रुपमा विजेता घोषणा गरिने छ । साउथह्याप्टनमा विश्वका दुई उत्कृष्ट टोलीबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक र रोचकको अपेक्षा गरिएको छ । न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा आफ्नो अन्तिम टोली घोषणा गरि सकेको छ ।
न्युजिल्यान्डको अन्तिम टिम : केन विलियम्सन (कप्तान), टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ र विल योंग ।
भारतको अन्तिम टिम : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमान शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी र उमेश यादव ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]