5 years ago
June 16, 2021
एजेन्सी – अष्ट्रेलिया क्रिकेट बोर्डले वेस्टइन्डिज र बंगलादेशविरुद्ध हुने सिमित ओभरको भ्रमणमा प्रमुख सात खेलाडीलाई बाहिर राख्दै १८ सदस्य टोली घोषणा गरेको छ । बुधबार घोषणा टोलीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, डेविड वार्नर सहित प्रमुख सात खेलाडी टोलीमा छैनन् ।

अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपलाई ध्यानमा राख्दै खेलाडीलाई मौका दिएको छ । स्मिथले कुहिनोको चोटका कारण नाम फिता लिएका छन् । डेविड वार्नर, ग्लेन म्याक्सवेल, प्याट कमिन्स, झेय रिचर्ड्सन, केन रिचर्ड्सन र मार्कस स्टोइनिसले विभिन्न कारण देखाउँदै नाम फिर्ता लिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अलराउन्डर डेन क्रिष्टियन र ब्याट्सम्यान बेन म्याकडर्मोट टोलीमा फर्किएका छन् । अष्ट्रेलिया टोली वेस्टइन्डिजसँगको पाँच टि२० आई र तीन ओडिआईको लागि जुन २८ मा त्यसतर्फ प्रस्थान गर्ने छ । अष्ट्रेलियाले बंगलादेशसँग टि२० विश्वकपअघि पाँच टि२० आई सिरिज खेल्ने कार्यक्रम छ । तर मिति भने तय हुन बाँकी छ । वेस्टइन्डिजले अष्ट्रेलिया अघि दक्षिण अफ्रिकासँग पाँच टि२० आई सिरिज खेल्ने छ ।

अष्ट्रेलिया टोली : आरोन फिन्च (कप्तान), एस्टन अगर, वेस अगर, जेसन बेहरनर्डोफ, एलेक्स केरी, डेन क्रिष्टियन, जेश हेजलवुड, मोइजेस हेनरिक्स, मिचेल मार्श, बेन म्याकडरमोट, राइली मेरिडिथ, जोश फिलिपे, मिचेल स्टार्क, मिचेल स्विपसन, एश्टन टर्नर, एन्ड्रयू टाई, म्याथ्यु वेड र एडम जाम्पा । भ्रमणमा वैकल्पिक खेलाडी : नाथम इल्स र तनविर संघा
वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (विकेटकिपर तथा उपकप्तान), फबियन एलेन, ड्वेन ब्राभो, शेल्डन कटरेल, फिडेल एडवार्ड्स, आन्द्रे फ्लेचर (विकेटकिपर), क्रिस गेल, शिम्रन हेटमायर, जेसन होल्डर, अकेल हुसेन, ओबेड म्याककोय, आन्द्रे रसेल, लेन्डन सिमन्स, केभिन सिन्क्लेयर, ओशान थोमस, इभिन लुइस र हेडेन वाल्श जुनियर

खेल तालिका :
जुलाई ९ : पहिलो टि२० आई डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
जुलाई १० : दोस्रो टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
जुलाई १२ : तेस्रो टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
जुलाई १४ : चौथो टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
जुलाई १६ : पाँचौं टि२० आई, डरेन स्यामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
जुलाई २० : पहिलो ओडिआई, केन्सिंगटन ओभल बार्बाडोस
जुलाई २२ : दोस्रो ओडिआई, केन्सिंगटन ओभल बार्बाडोस
जुलाई २४ : तेस्रो ओडिआई, केन्सिंगटन ओभल बार्बाडोस
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]