default_image

5 years ago

June 17, 2021

भारतको प्लेइङ-११ घोषणा

130 views

0 Bookmark

एजेन्सी – शुक्रबार देखिसुरु हुने विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि भारतले आफ्नो प्लेइङ-११ घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा विहिबार साँझ फाइनल खेल्ने प्लेइङ-११ घोषणा गरेको छ । भारत ६ प्रमुख ब्याट्सम्यान, दुई स्पिनर र तीन तीव्र गतिका बलरका साथ फाइनल खेल्ने भएको छ ।

भारतको अन्तिम १५ टोलीबाट स्पिन अलराउन्डर हनुमा विहारी, विकेटकिपर ऋद्धिमान शाह, तीव्र गतिका बलर मोहम्मद शिराज र उमेश यादवलाई बेन्चमा राखेको छ । तीव्र गतिका बलरमा जस्प्रित बुमराह, ईशान्त शर्मा र मोहम्मद शामी छन् । भारतको बलिङ सुरुवात शामी र शर्माले गर्ने छन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका अलराउन्डर रविचन्द्रन आश्विन र जडेजा दुबैले प्लेइङ-११ मा स्थान बनाएका छन् । यी दुई खेलाडीलाई मौका दिँदा भारतको ब्याटिङमा गहिराई बनेको छ । तर साउथह्याप्टनमा तीव्र गतिका बलरलाई बढी सहयोगी रहँदै आएको छ । यो अवस्थामा भारतले तीन मात्र तीव्र गतिका बलर खेलाउने जोखिम लिएको छ ।

भारतले विकेटकिपरमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा ब्याट्सम्यान ऋषभ पन्तलाईनै निरन्तरता दिएको छ । अनुभवी विकेटकिपर ऋद्धिमान शाहलाई बेन्चमा राखेको छ । भारतको ओपनिङ रोहित शर्मा र सुभमन गिलले गर्ने छन् । तेस्रो नम्बरमा चेतेश्वर पुजारा र चौथो नम्बरमा विराट कोहलीले ब्याटिङ गर्ने छन् । पाँचौं नम्बरमा अजिंक्या रहाणे र छैटौं नम्बरमा पन्त रहने छन् । सातौं र आठौंमा आश्विन जडेजा रहने छन् । शामी, बुमराह र ईशान्त अन्तिम क्रममा रहने छन् ।

आइसिसीका टेष्ट वरियता शीर्ष नौं टोलीबीच दुई बर्ष चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने छ । उप विजेता अर्थात दोस्रो हुने टोलीले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् ।

न्युजिल्यान्डले फाइनल अघि इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्दै १–० ले जितेको छ । भारतले आन्तरिक अभ्यास गरेको थियो । टेष्ट च्याम्पियनसिप फाइनल बराबरी भएमा भने संयुक्त रुपमा विजेता घोषणा गरिने छ । साउथह्याप्टनमा विश्वका दुई उत्कृष्ट टोलीबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक र रोचकको अपेक्षा गरिएको छ । न्युजिल्यान्डले भने प्लेइङ-११ घोषणा गर्न बाँकी छ ।

फाइनल खेल्ने भारतको प्लेइङ ११ : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, जस्प्रित बुमराह, ईशान्त शर्मा र मोहम्मद शामी ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.