default_image

5 years ago

June 18, 2021

केभिन ओ ब्रायनले लिए सन्न्यास

174 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डका स्टार अलराउन्डर तथा सर्वाधिक सफल खेलाडी केभिन ओ ब्रायनले ओडिआई करिअरबाट सन्न्यास लिएका छन् । केभीन ओ ब्रायनले शुक्रबार ओडिआई क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् ।

टेष्ट र टि२० आईलाई भने निरन्तरता दिने छन् । ३७ वर्षिय ब्रायनले आयरल्यान्डबाट १ सय ५३ ओडिआई खेल खेलेका छन् । ओडिआईमा उनले २ शतक र १८ अर्धशतक सहित कुल ३ हजार ६ सय १९ रन बनाएका छन् । बलिङतर्फ १ सय १४ विकेट लिएका छन् । जुन ओडिआईमा आयरल्यान्डबाट सर्वाधिक विकेट लिने बलर हुन् । ओडिआई ब्याटिङ तर्फ सर्वाधिक रन बनाउने खेलाडीमा तेस्रो स्थानमा छन् । ओडिआईमा आयरल्यान्डबाट अन्य कुनैपनि खेलाडीले एक सय विकेट लिन सकेका छैनन् ।

केभिन ओ ब्रायन एकदिवसिय विश्वकपमा सर्वाधिक छिटो बलमा शतक पुरा गर्ने ब्याट्सम्यान हुन् । उनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक पुरा गर्दै कीर्तिमान रचेका थिए । ब्रायनले उक्त विश्वकपमा ६३ बलमा १३ चौका र ६ छक्का सहित १ सय १३ रन बनाएपछि आयरलयान्ड ३ विकेटले विजयी भएको थियो । उनले आफ्नो ओडिआईको पहिलो शतक २००७ मा केन्याविरुद्ध १ सय ४२ रनको इनिङ खेलेका थिए । ब्रायनले सन् २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गर्दा दुई साता अघि नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल खेलेका छन् ।

ब्रायनले ३ टेष्ट खेलमा १ शतक सहित २ सय ५८ रन बनाएका छन् । आयरल्यान्डबाट टेष्टमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । ९६ टि२० आईमा उनले १ हजार ६ सय ६२ रन बनाउनुको साथै ५८ विकेट लिएका छन् । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ब्रायनले काठमाडौं किंग्स ११ बाट खेलेका थिए । जसमा ७ खेलमा १ सय ८४ रन बनाउनुको साथै उनले ९ विकेट लिएका थिए ।

केभिन ठूला सटका लागि प्रख्यात छन् । केभिनले दुई वर्षअघि हङकङविरुद्ध टि२० आई खेलमा ६२ बलमा १२ चौका र ७ छक्का सहित १ सय २४ रनको इनिङ खेलेका थिए । आयरल्यान्डलाई टेष्ट मान्यता दिलाउन केभिनको भूमिका र योगदान निकै महत्वपूर्ण रहेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.