default_image

5 years ago

June 18, 2021

नेपालले सोमबारबाट बन्द प्रशिक्षण थाल्ने

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच स्पेनमा जुलाई तेस्रो साता हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि सोमबार देखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणको लागि २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।

स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुने बताइएको छ । टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको कोरोना परिक्षण (पिसिआर) नेगेटिभ आएको छ । ह्वाटमोर श्रीलंकाबाट सोमबार नेपाल आएका थिए । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि ह्वाटमोर वैशाख तेस्रो साता श्रीलंका फर्किएका थिए ।

चार दिनको क्वारेनटाइनमा बसेका ह्वाटमोरको पिसिआर नेगेटिभ आएको छ । क्यानका म्यानेजर विनोद दासका अनुसार शनिवार बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीको पिसिआर परिक्षण हुने छ । सोमबारबाट टियु मैदानमा प्रशिक्षण सुरु हुने छ । स्पेन भ्रमणअघि नेपालको योजना विदेशमा गएर प्रशिक्षण गर्नुको साथै अभ्यास खेल खेल्ने भएपनि कोरोना कारण क्वारेनटाइनमा बस्नुपर्ने हुँदा कुनैपनि टोलीले नमानि रहेको दास बताउछन् ।

क्यानले विदेशमा प्रशिक्षणको लागि निरन्तर प्रयास गरि रहेको छ । यदि नेपालले कुनै टोलीसँग पनि अभ्यास खेल्ने वातावरण मिलेन भने भने स्पेनमा चाँडै गएर तयारी गर्ने छ ।

बन्द्र प्रशिक्षणमा बोलाइएको नेपाली टोली : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.