5 years ago
June 18, 2021
एजेन्सी – न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल लगातार वर्षाको कारण खेलको पहिलो दिन टस पनि हुन नपाई सकिएको छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा सुरु हुने पर्ने थियो । तर लगातार वर्षाको कारण टस पनि नभई पहिलो दिन स्टम्पिङ भएको छ ।

पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपमा आइसिसीका नौ उत्कृष्ट राष्ट्रले दुई वर्षसम्म प्रतिस्पर्धा गर्दा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । विश्व टेष्ट वरियतामा न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छन् । न्युजिल्यान्ड र भारतले दुई दशकपछि आइसिसीको प्रमुख प्रतियोगिता फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
विश्वका उत्कृष्ट दुई राष्ट्रबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । अर्कोतर्फ विश्वका दुई कप्तान पनि भिड्दै छन् । भारतका कप्तान विराट कोहली आक्रामक क्रिकेट बढी मन पराउछन् । विलियम्सन संयमित कप्तानीमा रमाउँछन् । यी दुबै विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमा पर्दछन् । विपरित शैलीका यी दुई खेलाडीमा को उत्कृष्ट कप्तान र ब्याट्सम्यानको परिक्षा हुने छ । गतवर्ष टेष्ट च्याम्पियनसिपमा भारतले न्युजिल्यान्डसँगको दुबै खेलमा हार बेहोरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]