default_image

5 years ago

June 19, 2021

न्युजिल्यान्ड भारत विरुद्ध फाइनलमा टस जितेर पहिला बलिङ गर्दै

196 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डले भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

टेष्ट इतिहासको १ सय ४४ वर्षमा पहिलो पटक विश्व टेष्ट च्याम्पियनसिप फाइनल हुँदै छ । शुक्रबार पहिलो दिन लगातार वर्षाको कारण टस पनि हुन नपाई रद्द भएको थियो । ऐतिहासिक फाइनलमा न्युजिल्यान्डका विलियम्सनले टस जित्दै टोलीमा चार प्रमुख तीव्र गतिका बलर खेलाएको जानकारी दिएका छन् । न्युजिल्यान्ड स्पिनर विनानै फाइनल खेल्दै छ । न्युजिल्यान्डले चार तीव्र गतिका बलरमा टिम साउथी, ट्रेन्ट बोल्ट, निल वाग्रर र काईल जामिसनलाई खेलाएको छ । अलराउन्डरमा कोलिन डी ग्रान्डहोम रहेका छन् ।

भारतले आफ्नो प्लेइङ ११ मा भने परिवर्तन गरेको छैन । ६ प्रमुख ब्याट्सम्यान, तीन तीव्र गतिका बलर र दुई स्पिनर खेलाएको छ । न्युजिल्यान्डले आफ्नो टोलीमा चार तीव्र गतिका प्रमुख बलर खेलाएको छ । भारतले आइसिसी प्रतियोगितामा सन् २००३ मा एकदिवसिय कपमा जितेको थियो । अन्य सबै आइसिसीका प्रतियोगितामा न्युजिल्यान्डले भारतलाई हराउँदै आएको छ ।

आइसिसीका नौ उत्कृष्ट राष्ट्रले दुई वर्षसम्म प्रतिस्पर्धा गर्दा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । विश्व टेष्ट वरियतामा न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छन् ।

भारत र न्युजिल्यान्डबीच हालसम्म ५९ टेष्ट खेल भएका छन् । न्युजिल्यान्ड १२ खेलमा विजयी हुँदा २१ खेलमा पराजित भएको छ । २६ खेल बराबरीमा सकिएका छन् । पछिल्ला पाँच भेटमा भारत तीन र न्युजिल्यान्ड दुई खेलमा विजयी भएका छन् । यस फाइनलको विजेताले १.६ मिलियन डलर र उप विजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, जस्प्रित बुमराह, ईशान्त शर्मा र मोहम्मद शामी ।

न्युजिल्यान्डको प्लेइङ ११ : केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ (बिकेटकिपर)

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.