5 years ago
June 19, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । कोहली शनिवार आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्ध खेलसँगै भारतबाट सर्वाधिक टेष्ट खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् ।

कोहलीले ६१ औं खेलमा कप्तानी गरि रहेका छन् । यसअघि भारतबाट टेष्टमा सर्वाधिक कप्तानी धोनीले ६० खेलमा गरेका थिए । कोहलीले आफ्नो कप्तानीमा भारतलाई ३६ खेलमा जित, १४ मा हार र १० बराबरीमा सकाएका छन् । कोहलीले २०१४ देखि भारतको टेष्टमा कप्तानी गर्दै आएका छन् । धोनीले २००८ देखि २०१४ सम्म कप्तानी गर्दै २७ खेलमा जित, १८ मा पराजित र १५ बराबरीमा सकाएका थिए । भारतका लागि टेष्टमा सौरभ गांगुलीले ४९, मोहम्मद अजहरुद्दिन र सुनिल गावस्कारले ४७ –४७ खेलमा कप्तानी गरेका छन् । कोहलीको कप्तानीमा भारतले घरेलु मैदानमा ११ टेष्ट सिरिज जिति सकेको छ ।
इंग्ल्यान्डको दी रोज बाउल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले दोस्रो दिन भोजन अघि २८ ओभरमा ६९–२ को अवस्थामा छ । पहिलो दिन वर्षाको कारण टस पनि हुन नपाई रद्द भएको थियो । कप्तान विराट कोहली १२ बलमा ६ रनमा अविजित छन् । चेतेश्वर पुजारा २४ बल खेल्दा खाता खोल्न सकेका छैनन् ।

ओपनर रोहित शर्मा र सुमभन गिलले भारतलाई पहिलो विकेटका लागि २०.१ ओभरमा ६२ रनको साझेदारीका साथ सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काइल जामिसनले स्लिपमा टिम साउथीबाट रोहितलाई ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]