default_image

5 years ago

June 20, 2021

‘स्पेन भ्रमण चुनौतीपूर्ण हुनेछ’– ज्ञानेन्द्र

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबारदेखि अर्को महिना स्पेनमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक ओडिआई सिरिजको लागि बन्द प्रशिक्षण सुरु गर्दैछ ।

क्यानले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । पहिलो पटक स्पेनमा खेल्न लागेको नेपालका विपक्षी टोली पनि बलिया छन् । नयाँ ठाउँमा नेपाललाई चुनौती हुने राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउछन् । ‘घोषणा टोली राम्रो छ । ब्याट्सम्यान, स्पिनर, मिडियम पेश सबै पोजिसनमा विकल्प पनि छ’, ज्ञानेन्द्रले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘स्पेनको विकेटको हिसाबले हेर्ने हो भने हामीलाई केहि थाहा छैन । कहिल्यै खेलेको छैन । त्यो लेभलको खेल त्यहाँ भएको पनि छैन । हामीले यूरोपियन देशमा जस्तो सोचि रहेका छौं । तर सोचे भन्दा फरक हुन्छ जस्तो लाग्छ’, ज्ञानेन्द्रले भने ।

त्यसैमा उनले थपे, ‘ मुख्य चुनौती भने विपक्षी टोली राम्रा छन् । स्कटल्यान्डको बारे भन्न पर्दैन । विश्वकप अनुभव देखि एसोसियटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नामिबियाले पनि पछिल्लो समय राम्रो खेलि राखेको छ । नयाँ ठाउँमा हामीहरुलाई चुनौतीपूर्णनै हुन्छ होला । विपक्षी टोली बलिया हुँदा हामीले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ ।’

नेपालले गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिजमा उत्कृष्ट ब्याटिङका साथ उपाधि जितेको थियो । नेपाली टोलीबाट समर्थक र सुभचिन्तको अपेक्षा र आशा पनि स्पेन भ्रमणमा त्यस्तै उच्च छ ।

ज्ञानेन्द्र टि२० पुरै फरक शैली भएको बताउँछन् । ‘एकदिवसिय खेल अलि फरक हुन्छ । एकदिवसियमा टि२० मा जस्तो आक्रामकले मात्र हुँदैन । सबै कुराहरु चाहिँन्छ । हामी ओडिआई खेलहरु कम खेलेको हुँदा आफैको लागि चुनौती हो जस्तो लाग्छ । तर पछिल्लो समय जुन तरिकाले टोली बनेको छ र युवा खेलाडीहरुले पनि राम्रो खेलि रहेका छन् । जसले गर्दा पनि हामीले राम्रो गर्नेमा र्छौ जस्तो लाग्छ’, उनले भने ।

नेपालले सोमबारबाट बन्द प्रशिक्षण थाल्ने छ । तर नेपालमा मनसुन सुरु भइसकेको छ । नेपाली टोलीले बन्द प्रशिक्षणमा फिटनेसमा बढी जोड दिने छ । मैदानमा पाएसम्म धेरै समय बिताउन प्रयास गर्ने ज्ञानेन्द्र बताउँछन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.