default_image

5 years ago

June 20, 2021

न्युजिल्यान्डको संयमित ब्याटिङ

188 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा भारतविरुद्ध पहिलो इनिङमा संयमित ब्याटिङ सुरुवात गरेको छ । तेस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ । पहिलो इनिङमा न्युजिल्यान्ड १ सय १६ रनले पछि रहेको छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन ३७ बलमा १ चौका सहित १२ रनमा अविजित छन् । उनलाई अनुभवी ब्याट्सम्यान रस टेलरले साथ दिने छन् । न्युजिल्यान्डलाई ओपनर टम लाथम र डेभन कन्वेले ३४.२ ओभरमा ७० रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा एक्ट्रा कभरमा सट खेल्नेक्रममा लाथम ३० रनमा विराट कोहलीबाट क्याच आउट हुन पुगे । लाथमले १ सय ४ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर कन्वे १ सय ५३ बलमा ६ चौका सहित ५४ रन बनाउँदै क्याच आउट भए । तीव्र गतिका बलर ईशान्त शर्माको बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

त्यसअघि इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको भारत तेस्रो दिन दोस्रो सेसनमा ९२.१ ओभरमा २ सय १७ रन अल आउट भएको थियो । भारतका अजिक्या रहाणेले सर्वाधिक ४९ रनको योगदान दिए । न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण र जामिसनको घातक बलिङ सामू भारतका कुनैपनि ब्याट्सम्यानले खुलेर रन जोड्न सकेनन् । तेस्रो दिन भारतले ६४.४ ओभरमा १४६–३ को अवस्थाबाट सुरु गरेको थियो ।

दोस्रो दिन ओपनर रोहित शर्मा र सुभमन गिलले भारतलाई पहिलो विकेटका लागि २०.१ ओभरमा ६२ रन जोड्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काईल जामिसनले रोहितलाई स्लिपमा टिम साउथीबाट ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए । रोहितको विकेट पछि न्युजिल्यान्डले खेलमा राम्रो पूनरागमन गर्न सफल भएको थियो ।

रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे । ४१ औं ओभरको दोस्रो बलमा अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई ८ रनमा एलबिडब्लू आउट गर्दै भारतमाथि दबाब बढाए । पुजारालाई खाता खोल्न ३६ बल लागेको थियो । पुजाराले ५४ बल खेल्दै २ चौका प्रहार गरे । चौथो विकेटका लागि कोहली र हराणेले १ सय ६५ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

तेस्रो दिन कप्तान विराट कोहलीलाई काईल जामिसनले ४४ रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई सर्वाधिक ठूलो सफलता दिलाए । कोहलीले तेस्रो दिन ८ बल खेलेपनि कुनैपनि रन जोड्न नसकि आउट भएका थिए । कोहलीले १ सय ३२ बलमा १ चौका प्रहार गरे । जामिसनले विकेटकिपर ऋषभ पन्तलाई ४ रनमा टम लाथमबाट क्याच आउट गराए ।

प्रमुख पाँच ब्याट्सम्यान गुमाउँदै समस्यामा गरेको भारतलाई उपकप्तान अजिंक्या रहाणेले राम्रो योगफलको सम्भावना देखाएका थिए । तर निल वाग्ररको सट बलमा रहाणे लाथमबाट ४९ रनमा क्याच आउट हुन पुगे । रहाणेले १ सय १७ बलमा ५ चौका प्रहार गरे । टिम साउथीको बलमा रविचन्द्रन आश्विन २२ रनमा क्याच आउट हुन पुगे । जामिसनले ईशान्त शर्मालाई ४ र जस्प्रित बुमराहलाई शून्यमा आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । बोल्ट्रले जडेजालाई १५ रनमा बिजे वाटलिङ क्याच गराउँदै अल आउट गरेका थिए । पहिलो दिन वर्षाको कारण टस पनि हुन सकेको थिएन ।

तीव्र गतिका बलर काइल जामिसनले २२ ओभरमा १२ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । निल वाग्रर र ट्रेन्ट बोल्टले २-२ विकेट लिए । टिम साउथीको नाममा १ विकेट रह्यो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.