default_image

5 years ago

June 21, 2021

क्रिकेट टोलीको जर्सी डिजाइन प्रतिस्पर्धामा पाँच सय भन्दा बढी सहभागी

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धामा पाँच समय भन्दा बढी सहभागिता जनाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले गत सोमबार राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गर्दै आवेदन खुलाएका थिए । पाँच समय भन्दा बढीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्दै क्यानलाई पठाएका छन् । जसको लागि क्यानले सर्ट लिष्टको लागि चार सदस्य छनोट समित बनाएको छ ।

छनोट समितिमा नेपाल क्रिकेट संघ म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहने छन् । छनोट समितिले सर्टलिष्ट क्यानलाई पठाउने छ । क्यानको बोर्ड बैठकले उत्कृष्ट जर्सी छनोट गर्ने छ । उत्कृष्ट डिजाइन बनाउनेले नगद एक लाख रुपैयाँ पाउने छन् ।

गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुल्ला गर्ने निर्णय लिएका थिए । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने जनाईएको थियो ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ । उत्कृष्ट डिजाइन बनाउनेले नगद एक लाख रुपैयाँ पाउने छन् । नेपालले जुलाईमा विश्वकप लिग २ अन्तर्गतको स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । जुन सिरिजमा नेपालले नयाँ जर्सी प्रयो गर्ने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.