5 years ago
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा मंगलबार देखि सुरु हुने स्पेन भ्रमणको लागि बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने कार्यक्रम हुँदा प्रशिक्षण सुरु गर्दै छ ।

नेपाली टोलीले बोलाएका २० सदस्य टोलीमा पृथु पनि थिए । मंगलबार अभ्यास थाल्नुअघि १९ खेलाडी र तीन अफिसलले कोराना परिक्षण (पिसिआर) गरेका छन् । जसमा पृथु सहभागी थिएनन् । गत चैतमा स्पिनर बसन्त रेग्मी र पृथु टु एक्स क्रिकेट युएसए कप खेल्न अमेरिका गएका थिए । त्यसपछि उनीहरु नेपाल फर्किएका छैनन् ।
पृथुले नेपाल क्रिकेट संघ (क्यान) लाई ब्यक्तिगत कारण देखाउँदै उपलब्ध हुन नसक्ने जानकारी दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनूरागमनको पर्खाइमा रहेका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटाले गत प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने क्रममा ४ खेलमा २ पटक अविजित रहँदै कुल २ सय १४ रन बनाएका थिए । पृथु २०१५ स्कटल्यान्ड भ्रमणपछि नेपाली टोलीमा छैनन् ।
बन्द्र प्रशिक्षणमा बोलाइएको नेपाली टोली : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब र पवन सरार्फ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]