default_image

3 years ago

June 21, 2021

वर्षाले फेरी बिथोल्यो टेस्ट च्याम्पियनसिप फाइनल

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल वर्षा फेरि बाधक बनेको छ । चौथो दिन लगातार भारी वर्षाको कारण एक बल पनि हुन नपाई रद्द भएको छ । योसँगै फाइनल बराबरीमा सकिने सम्भावना बढेको छ । चौथो दिनको समाप्तिमा न्युजिल्यान्ड पहिलो इनिङ ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रनको अवस्थामा […]

67 views

0 Bookmark

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल वर्षा फेरि बाधक बनेको छ । चौथो दिन लगातार भारी वर्षाको कारण एक बल पनि हुन नपाई रद्द भएको छ । योसँगै फाइनल बराबरीमा सकिने सम्भावना बढेको छ । चौथो दिनको समाप्तिमा न्युजिल्यान्ड पहिलो इनिङ ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रनको अवस्थामा छ ।

पहिलो इनिङमा न्युजिल्यान्ड १ सय १६ रनले पछि रहेको छ । आइसिसीको फाइनल नियम अनुसार वर्षाले प्रभावित भएमा छैटौं दिनमा पनि खेल हुने छ । फाइनलको पहिलो दिन वर्षाको कारण टस पनि हुन नपाई सकियो थियो । दोस्रो दिन वर्षा र ब्याड लाइटको कारण ६५ ओभर मात्र ब्याटिङ सम्भव बनेको थियो । तेस्रो दिन पनि अन्त्य तिर ब्याड लाइटको कारण खेल प्रभावित बनेको थियो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन ३७ बलमा १ चौका सहित १२ रनमा अविजित छन् । उनलाई पाँचौं दिन अनुभवी ब्याट्सम्यान रस टेलरले साथ दिने छन् । न्युजिल्यान्डलाई ओपनर टम लाथम र डेभन कन्वेले ३४.२ ओभरमा ७० रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा एक्स्ट्रा कभरमा सट खेल्नेक्रममा लाथम ३० रनमा विराट कोहलीबाट क्याच आउट हुन पुगे । लाथमले १ सय ४ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर कन्वे १ सय ५३ बलमा ६ चौका सहित ५४ रन बनाउँदै क्याच आउट भए । तीव्र गतिका बलर ईशान्त शर्माको बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

त्यसअघि इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको भारत तेस्रो दिन दोस्रो सेसनमा ९२।१ ओभरमा २ सय १७ रन अल आउट भएको थियो । भारतका अजिक्या रहाणेले सर्वाधिक ४९ रनको योगदान दिए । न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण र जामिसनको घातक बलिङ सामू भारतका कुनैपनि ब्याट्सम्यानले खुलेर रन जोड्न सकेनन् । तेस्रो दिन भारतले ६४।४ ओभरमा १४६–३ को अवस्थाबाट सुरु गरेको थियो ।

दोस्रो दिन ओपनर रोहित शर्मा र सुभमन गिलले भारतलाई पहिलो विकेटका लागि २०।१ ओभरमा ६२ रन जोड्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काईल जामिसनले रोहितलाई स्लिपमा टिम साउथीबाट ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए । रोहितको विकेट पछि न्युजिल्यान्डले खेलमा राम्रो पूनरागमन गर्न सफल भएको थियो ।

रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे । ४१ औं ओभरको दोस्रो बलमा अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई ८ रनमा एलबिडब्लू आउट गर्दै भारतमाथि दबाब बढाए । पुजारालाई खाता खोल्न ३६ बल लागेको थियो । पुजाराले ५४ बल खेल्दै २ चौका प्रहार गरे । चौथो विकेटका लागि कोहली र हराणेले १ सय ६५ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

तेस्रो दिन कप्तान विराट कोहलीलाई काईल जामिसनले ४४ रनमा एलबिडब्लू आउट गर्दै न्युजिल्यान्डलाई सर्वाधिक ठूलो सफलता दिलाए । कोहलीले तेस्रो दिन ८ बल खेलेपनि कुनैपनि रन जोड्न नसकि आउट भएका थिए । कोहलीले १ सय ३२ बलमा १ चौका प्रहार गरे । जामिसनले विकेटकिपर ऋषभ पन्तलाई ४ रनमा टम लाथमबाट क्याच आउट गराए ।

प्रमुख पाँच ब्याट्सम्यान गुमाउँदै समस्यामा गरेको भारतलाई उपकप्तान अजिंक्या रहाणेले राम्रो योगफलको सम्भावना देखाएका थिए । तर निल वाग्ररको सट बलमा रहाणे लाथमबाट ४९ रनमा क्याच आउट हुन पुगे । रहाणेले १ सय १७ बलमा ५ चौका प्रहार गरे । टिम साउथीको बलमा रविचन्द्रन आश्विन २२ रनमा क्याच आउट हुन पुगे । जामिसनले ईशान्त शर्मालाई ४ र जस्प्रित बुमराहलाई शून्यमा आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । बोल्ट्रले जडेजालाई १५ रनमा बिजे वाटलिङ क्याच गराउँदै अल आउट गरेका थिए । पहिलो दिन वर्षाको कारण टस पनि हुन सकेको थिएन ।

तीव्र गतिका बलर काइल जामिसनले २२ ओभरमा १२ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । निल वाग्रर र ट्रेन्ट बोल्टले २-२ विकेट लिए । टिम साउथीको नाममा १ विकेट रह्यो ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.