default_image

3 years ago

July 16, 2021

नेपाली यू१९ टोलीको सम्भावित ६ प्रशिक्षक

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटले यू-१९ उमेर समूहमा विगतमा निकै सफलता हासिल गरेको छ । यू-१९ उमेर समूहमा ७ पटक यू-१९ एकदिवसिय विश्वकप (२०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६) खेलिसकेको नेपालले टेस्ट टोली भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश जस्ता टोलीलाई पराजित गर्दै विश्वभर सनसनी मच्चाइसकेको छ । एसोसियटतर्फ उमेर समूहमा नेपाल सर्वाधिक […]

77 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटले यू-१९ उमेर समूहमा विगतमा निकै सफलता हासिल गरेको छ । यू-१९ उमेर समूहमा ७ पटक यू-१९ एकदिवसिय विश्वकप (२०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६) खेलिसकेको नेपालले टेस्ट टोली भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश जस्ता टोलीलाई पराजित गर्दै विश्वभर सनसनी मच्चाइसकेको छ ।

एसोसियटतर्फ उमेर समूहमा नेपाल सर्वाधिक बलियो टोली मध्य एक मानिन्छ । तर पछिल्लो समय भने नेपालले सुखद नतिजालाई निरन्तरता दिन सकेको छैन । यसको मुख्य कारण राम्रो प्रशिक्षण तथा घरेलु प्रतियोगिता पर्याप्त नहुनु, खेल अनुभवको कमी, कमजोर व्यवस्थापन, योजना, लागानी लगायत विभिन्न कारण नै मानिएको छ । यसकारण पनि उमेर समूहपछि खेलाडीको प्रर्दशन विस्तारै घट्दै गएको छ ।

नेपालले पहिलो पटक सन् १९९७ मा हङकङमा एसिया कप खेल्दै यू-१९ को अन्तर्राष्ट्रिय यात्रा सुरुवात गरेको थियो । २००० मा पहिलो पटक नेपालले यू-१९ विश्वकप खेल्यो । नेपालले २००० देखि २००८ सम्म लगातार यू-१९ विश्वकप खेल्दै विश्व क्रिकेटमै तहल्का पिटेको थियो । २००६ मा टिम साउथी, मार्टिन गुप्टिल, कोलिन मुनरो जस्ता खेलाडी सम्मिलित न्यजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले प्लेट फाइनलको उपाधि जितेको थियो । त्यसपछि नेपालले २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो ।

पछिल्ला दुई संस्करणमा एसिया छनोटबाट बाहिरिएको छ । १९९७ मा नेपालले अरुण अर्यालको प्रशिक्षकमा एसिया कप खेलेको थियो । सन् १९९९ मा सिंगापुरमा भएको यू-१९ एसिया कपमा सुनोज भट्टाई र २००० मा अरुण अर्यालकै प्रशिक्षकमा विश्वकप खेलेको थियो । २००२ देखि २००८ सम्म सिनियर टोलीका प्रशिक्षक रोय डायसको प्रशिक्षकमा विश्वकप खेल्दै सर्वोत्कृष्ट प्रदर्शन गर्यो । २०१२ को विश्वकप पुबुदु दसानायिके र २०१६ को विश्वकप जगत टमटा प्रशिक्षक थिए ।

नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय परिषद् (आइसिसी) ले निलम्बन गरेपछि २०१६ मा जगत टमटाले सिनियर टोलीको जिम्मेवारी बहन गर्दा पूर्व कप्तान विनोद दासले यू-१९ हेरेका थिए । दासको प्रशिक्षकमा नेपालले २०१७ मा एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास रचेको थियो । हाल दास क्यानको म्यानेजर पदमा नियुक्त भएसँगै यू-१९ टोली प्रशिक्षक विहिन छ ।

कोरोना कारण यू-१९ प्रतियोगिता सुनसान छ । नेपालले मुख्य लक्ष्य २०२२ मा वेस्ट इन्डिजमा हुने यू-१९ विश्वकप छ । गत माघमा भएको प्रधानमन्त्री कप र फागुनमा भएको काठमाडौं मेयर कपको प्रदर्शनले पनि यू-१९ टोलीले ठूलो आशा र सम्भावना देखाएको थियो । क्यानले गत चैतमा वाई वाईसँग पाँच वर्षको सम्झौता गरेको थियो । वाई वाईले वार्षिक ७० लाख रुपैयाँ क्यानलाई यू-१९ क्रिकेट विकासको लागि प्रदान गर्ने छ । नेपालले यू-१९ विश्वकपमा स्थान बनाउन एसिया छनोट जित्नुपर्ने हुन्छ । एसिया छनोटमा नेपाल सहित मलेसिया, ओमान, सिंगापुर, कुवेत र यूएई छन् ।

दास प्रशिक्षक रहँदा २०१९ को एसिया छनोटमा वर्षाको कारण यूएईसँग एक रनले हारेपछि नेपालको विश्वकप सपना अधूरै बनेको थियो । उक्त टोली नेपालको उमेर समूहमा देखिएको मध्य एक सर्वोत्कृष्ट थियो । दुर्भाग्य विश्वकप खेल्न सकेन । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, पवन सरार्फ, आसिफ शेख, राशिद खान, कमलसिंह ऐरी, रोहित कुमार पौडेल लगायतका खेलाडी विनोदले तयार पारेका खेलाडी हुन् । घरेलु क्रिकेटमा पनि आफ्नो छाप बनाउन सफल भए ।

कुनैपनि टोलीको भविष्य त्यस देशको यू-१९ टोलीले बताउने गर्दछ । खेलाडी बनाउने र चिन्ने सबैभन्दा राम्रो अवसर यू-१९ नै हो । भारत पछिल्लो समय एकै समय दुई अन्तर्राष्ट्रिय खेल खेल्ने टोली बनेको छ । प्रमुख श्रेय यू-१९ तथा भारत ए का प्रशिक्षक राहुल द्रविडलाई जान्छ । क्रिकेट विकासको लागि सिनियर टोलीमा मात्र ठूला लगानीले पर्याप्त हुँदैन । उमेर समूहमा पनि त्यतिनै आवश्यक पर्छ । यू-१९ विश्वकप तयारीको लागि कोरोना महामारीको कारण धेरै ढिला भइसकेको छ । नेपालले टिम निर्माणको लागि शून्यबाट काम गर्नुपर्ने हुन्छ । निकै कम समयमा विश्वकप खेल्ने टोली बनाउनु पर्ने चुनौती अवको प्रशिक्षक सामू छ ।

यू-१९ विश्वकपपछि गाउँ गाउँ र टोल टोलमा लुकेका युवा प्रतिभा पहिचान र सिनियर टोलीलाई बेन्च स्ट्रेन्थ बलियो बनाउनु पर्ने अर्को चुनौती रहनेछ । युवा टोलीलाई सिनियर टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले पनि साथ र सहयोग गर्नेछन् । यसले थप टेवा पुग्नेछ । नेपाली क्रिकेटमा उपलब्ध प्रशिक्षकनै यू-१९ सम्हाल्नेछन् । त्यसको लागि क्यानले कुन किसिमको योग्यता, अनुभव, क्षमता भएको प्रशिक्षकलाई ल्याउछ कौतहलता र प्रतीक्षा विषय बनेको छ ।

अहिले जगत टमटा महिला टोलीको मुख्य प्रशिक्षक हुन् । एकै व्यक्तिले दुई पद नपाउने कारण उनको सम्भावना न्यून छ । यू-१९ मा फर्किन महिला टोली छाड्नु पर्ने हुन्छ । पहिलानै यू-१९ मा काम गरि सकेको हुँदा क्यान नयाँ प्रशिक्षकलाई अवसर दिने सम्भावना बढी देखिन्छ । क्यानले यू-१९ प्रशिक्षक खुल्ला प्रतिस्पर्धा वा आफ्नो विना प्रतिस्पर्धा आन्तरिक हिसाबले नियुक्त गर्छ त्यो हेर्न बाँकी छ । समग्र घरेलु क्रिकेटलाई हेर्दा भने अब नेपाली यू-१९ टोलीको प्रशिक्षक बन्न सक्ने सम्भावित ६ प्रशिक्षक यस प्रकार छन् ।

शक्ति गौचन

shakti gauchan

शक्ति गौचन नेपाली क्रिकेटले पाएको एक सर्वोत्कृष्ट र अब्बल दर्जाका खेलाडी हुन् । २०१८ मा नेपाली टोलीबाट सन्न्यास लिएका शक्ति यू-१९ सम्हाल्न सक्ने सम्भावना भएका सर्वाधिक ठूला नाम हुन् । सर्वाधिक सफल स्पिनर शक्ति आफ्नो अनुभवको फाइदा उठाउँदै नेपालको यू-१९ उत्कृष्ट टोली बनाउन सक्छन् ।

शक्तिसँग अन्तर्राष्ट्रिय खेलको दुई दशक लामो अनुभव छ । शक्तिले लामो समय देखि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमी संचालन गर्दै आएका छन् । नेपाली क्रिकेटमा उदीयमान अलराउन्डर कुशल मल्ल र सुशान भारी शक्तिका चेला हुन् ।

शक्ति युवा प्रतिभा पहिचान र खेलाडी तयार पार्नमा सिपालु मानिन्छन् । शान्त स्वभावका शक्तिलाई क्यानले दीर्घकालिन यू-१९ प्रशिक्षकको रुपमा नियुक्त गर्न सक्छ । शक्तिले आफ्नो अनुभव र क्षमताले सर्वोत्कृष्ट टोली बनाउन सक्छन् । यू-१९ नै खेलाडी बनाउने सबैभन्दा राम्रो अवसर हुँदा शक्ति जस्तो अन्तर्राष्ट्रिय अनुभवी खेलाडी युवा प्रतिभा र नेपाली क्रिकेटले आवश्यक महसुस गरि सकेको छ ।

खेलाडी जीवनबाट नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याएका शक्ति अब प्रशिक्षण मार्फत निरन्तरता दिन चाहन्छन् । त्यसको लागि क्यानले स्वतन्त्र र निष्पक्ष वातावरण मिलाउन सक्नुपर्ने हुन्छ । शक्ति राजनीति, दबाब र हस्तक्षेपमा भने काम गर्न चाहदैनन् र टाढै बस्न खोज्छन् ।

कलाम अली

सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका कलाम पनि यू-१९ का दाबेदार प्रशिक्षक हुन् । विनोद मुख्य प्रशिक्षक हुँदा कलामले सहायक रुपमा काम गरेका थिए । कलामसँग नेपाली फ्रेन्चाइज लिग र प्रदेश टोली समालेको अनुभव छ । गत वर्ष चीनमा भएको बी एण्ड आर डब्लू प्रतियोगितामा यू-१९ महिला टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गरेको थिए ।

कलामले गत फागुनमा काठमाडौं मेयर्स कपमा बागमती प्रदेशको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । जसक्रममा आर्मी र एपिएफ जस्ता टोलीलाई बागमतीले स्तब्ध पारेको थियो । इपिएलको पहिलो संस्करणमा पञ्चकन्या तेजले उपाधि जित्दा कलाम प्रमुख प्रशिक्षक थिए । पछिल्ला दुई संस्करणको इपिएलमा चितवन टाइगर्ससँग जोडिएका थिए ।

डिपिएलमा महेन्द्रनगर युनाइटेडमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरि सकेका छन् । पिपिएलको पहिलो संस्करणमा बुटवल ब्लास्टर र दोस्रो संस्करण धनगढी ब्लुज मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । कलाम पछिल्ला पुस्ताका राम्रो सम्भावना देखाएका प्रशिक्षकमा पर्दछन् ।

दीपेन्द्र चौधरी

नेपाली क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान दीपेन्द्र चौधरी नेपालका शीर्ष वरियता प्रशिक्षक प्रशिक्षक हुन् । धनगढी क्रिकेट एकेडेमीका मुख्य प्रशिक्षक दीपेन्द्र इपिएल आयोजक कमिटिमा रहेर काम गर्दै आएका छन् । गत वर्ष क्यानले मुख्य प्रशिक्षक छनोट गर्दा दीपेन्द्र चौधरी समितिको एक सदस्य थिए । यसले पनि उनको स्तर प्रष्टाउछ ।

डिपिएलमा विराटनगर किंग्स समालि सकेका छन् । पछिल्लो समय नेपाली क्रिकेटमा देखिएका लोकेश बम, विवेक यादव, महिला क्रिकेटकी ईश्वरी विष्ट लगायतका खेलाडीलाई बनाउन दीपेन्द्रको ठूलो हात छ । खेलाडीको कमजोरी औल्याउदै निखार ल्याउन, परिपक्क र क्रिकेटको संस्कार सिकाउन सिपालु मानिन्छन् ।

दीपेन्द्र योग्यताले सिनियर सम्हाल्न सक्ने प्रशिक्षकमा पर्दछन् । तर दीपेन्द्र स्वतन्त्र, बिना दबाब, आफ्नो योजना, योग्यता र क्षमता अनुसार काम गर्न बढी रुचाउछन् । क्यानले त्यो वातावरणको विश्वास दिलाउन सके दीपेन्द्र चौधरी यू-१९ टोली सम्हाल्न सक्ने सम्भावित प्रशिक्षकमा पर्दछन् ।

मनोज कटवाल

नेपाल पुलिस क्लबका मनोज कटवाल घरेलु प्रतियोगिता सक्रिय प्रशिक्षक हुन् । मनोजको प्रशिक्षकमा पुलिसले काठमाडौं मेयर कप र प्रधानमन्त्री कप तेस्रो संस्करण उपाधि जितेको थियो । सिनियर र यू-१९ दुबैको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका मनोजले पुलिसलाई आधा दर्जन भन्दा बढी घरेलु उपाधि जिताएका छन् ।

उनको प्रशिक्षकमा पिपिएलमा चितवन राइनोजले दोस्रो संस्करणको उपाधि अपराजित रहँदै जितेको थियो । २०१९ मा नेपालले मरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध प्रथम श्रेणी, एकदिवसिय र टि२० खेल खेल्दा मनोज सहायक प्रशिक्षक थिए । अव मनोजले यू१९ को मुख्य प्रशिक्षक पाउन सक्छन् ।

दीपेन्द्र प्रताप सिंह

अनुभवी प्रशिक्षक दीपेन्द्र प्रताप सिंह नेपाली सिनियर टोलीको सहायक प्रशिक्षकको रुपमा लामो अनुभव छ । २००३ देखिनै नेपाली टोलीको सहायक प्रशिक्षकको रुपमा काम गर्दै आएका दीपेन्द्र वर्तमान समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । दीपेन्द्रले रोय डास र पुबुदुसँग सहायक प्रशिक्षकको रुपममा लामो समय काम गरि सकेका छन् । २०१३ को टि२० विश्वकपमा नेपालले इतिहास रच्दा दीपेन्द्र सहायक प्रशिक्षक थिए ।

पछिल्लो समय २०१९ मा पनि इमर्जिङ टिम्स एसिया कप खेल्दा दीपेन्द्र सयाहक प्रशिक्षकनै थिए । फ्रेन्चाईज लिगमा डिपिएलमा सिवाईसी अत्तरिया र पिपिएलमा विराटनगर टाइटन्सको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । गतवर्ष उनको प्रशिक्षकमा विराटनगरले सबैलाई आश्चर्य पार्दै पिपिएलको फाइनल यात्रा तय गरेको थियो । अनुभवी दीपेन्द्र क्यानको रोजाईमा पर्न सक्छन् ।

वसन्त शाही ठकुरी

नेपालको यू-१६ टोलीलाई दुई अन्तर्राष्ट्रिय उपाधि दिलाएका वसन्त शाही ठकुरी आगमी यू-१९ टोलीको दाबेदार प्रशिक्षकमा पर्दछन् । गत चैतमा कतार भ्रमणको लागि क्यानले वसन्तलाई सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । दुर्भाग्य उक्त सिरिज कोरोना कारण हुन सकेन । वसन्तले २०१९ मा यू१६ टोलीलाई उपाधि दिलाएका थिए ।

गत वर्ष आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजमा वसन्त नेपालको सहायक प्रशिक्षक थिए । घरेलु क्रिकेटमा लुम्बिनी प्रदेशको प्रशिक्षक सम्हाल्दै आएका छन् । डिपिएलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । क्यानको यू-१९ टोलीको प्रशिक्षकको रोजाई र योजनामा वसन्त पनि देखिन्छन् ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.