default_image

4 years ago

July 8, 2021

दक्षिण अफ्रिकामा जन्मिएर न्युजिल्यान्डमा चम्किएका कन्वे

165 views

0 Bookmark

न्युजिल्यान्डले अघिल्लो साता विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा विश्व क्रिकेटको पावर हाउस भारतलाई ८ विकेटले हराउँदै इतिहास रच्न सफल भयो । न्युजिल्यान्डले दुईदशक देखिको आइसिसी उपाधि खडेरीमा ब्रेक लगायो ।

न्युजिल्यान्डलाई उपाधि जिताउन २९ वर्षिय बायाँ हाते ब्याट्सम्यान डेभन कन्वेको योगदान पनि महत्वपूर्ण थियो । कन्वेले आफ्नो करिअरको तेस्रो टेस्ट खेलमै उपाधिका साथ नयाँ इतिहास रच्न सफल भए । उनले पहिलो इनिङमा १ सय ५३ बलमा ६ चौका सहित ५४ रनका साथ भारतीय बलरको डटेर सामना गर्दै टोलीलाई मजबुत अवस्थामा राखे । टेस्ट च्याम्पियनसिप फाइनलमा अर्धशतक बनाउने उनी पहिलो खेलाडी बने । पहिलो इनिङमा अर्धशतक प्रहार गर्ने उनी एक्लो ब्याट्सम्यान थिए । दोस्रो इनिङमा कन्वेले १९ रन जोड्दै आउट भए । कन्वेले दुई साता अघि अर्थात जुन २ मा इंग्ल्यान्डविरुद्ध लर्ड्समा टेस्टमा डेब्यू गर्दै सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।

इंग्ल्यान्डको घरेलु मैदान, टेस्टका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसन र स्टुर्अ ब्रोडको विरुद्ध डेब्यूमै दोहोरो शतक प्रहार गर्नु सामान्य कुरा होईन । त्यसको लागि क्षमतासँगै धैर्यता चाहिन्छ । सिमित ओभरमा उत्कृष्ट प्रभाव छाडेपछि न्युजिल्यान्डको छनोट समितिले टेस्टमा मौका दिएको थियो । उनको घरेलु प्रतियोगिता प्रदर्शन अझ लोभ लाग्दो छ । घरेलुको लयलाई अन्तर्राष्ट्रियमा पनि निरन्तरता दिँदै आएका छन् ।

कन्वेले गत नोभेम्बरमा वेस्ट इन्डिजविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । उक्त खेलमा ४१ र दोस्रो खेलमा ६५ रनको अविजित इनिङ खेल्दै नयाँ आशा देखाएका थिए । फेब्रुअरीमा कन्वेले अष्ट्रेलियाविरुद्ध ओपनर मार्टिन गुप्टिल शून्य, टिम सिफर्ट एक र केन विलियम्सन १२ रनमा आउट हुँदै खराब सुरुवात गरेको अवस्थामा ९९ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । कठिन समयको त्यो प्रदर्शनले उनको उचाई र चर्चा थप चुलियो ।

टि२० मा सानदार प्रदर्शनपछि बंगलादेशविरुद्ध २०२१ मार्चमा ओडिआईमा डेब्यू गरे । डेब्यू खेलमा कन्वे २७ रनमा क्याच आउट भएका थिए । बंगलादेशविरुद्ध दोस्रो खेलमा ७२ रन र तेस्रो खेलमा १ सय २६ रनको सानदार शतकीय इनिङका साथ आफ्नो प्रभाव विश्व क्रिकेटमा पनि देखाउन थाले । कन्वे प्लेयर अफ द म्याच र सिरिज चुनिए ।

कन्वेको अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन सानदार छ र त्यसको पछाडि उनको मिहिनेत र त्यागको कथा प्रेरणादायी छ । कन्वे यो स्तरमा आउन आफ्नो देश दक्षिण अफ्रिकानै छाड्नु परेको छ । देश छाड्ने निर्णयले उनको क्रिकेट प्रतिको भोक, कला, क्षमता र सपना अनुमान गर्न सकिन्छ ।

कन्वेको बाल्यकाल

कन्वेको जन्म १९९१ जुलाई ८ मा दक्षिण अफ्रिका जोहान्सबर्गमा भएको हो । उनको पिताको नाम डेन्टन र आमा सान्डे कन्वे हो । उनको पूरा नाम डेभन फिलिप कन्वे हो । डेभन कन्वेका दुई दिदीहरु छन् । कन्वेका पिता फुटबल प्रशिक्षक हुन् । उनको बाल्यकालमा दक्षिण अफ्रिमा ग्रिम स्मिथ, मार्क बाउचर, एबि डिभिलियर्स, ज्याक क्यालिस जस्ता विश्व प्रसिद्ध क्रिकेटरबाट निकै प्रभावित थिए । स्कुल, घर कलेज, क्लब हुँदै उनको बाल्यकाल क्रिकेटमा वित्यो । विस्तारै व्यावसायिक यात्रातर्फ अघि बढ्न थाले ।

२००९ मा मार्चमा दक्षिण अफ्रिका प्रथम श्रेणी मान्त्यता प्राप्त प्रदेश स्तरिय प्रतियोगिता थ्रि डे च्यालेन्ज प्रतियोगिता गाउटेङबाट डेब्यू गरेका थिए । पहिलो इनिङमा उनी शून्य र दोस्रोमा १० रनमा आउट भएका थिए । त्यसै वर्ष फेब्रुअरीमा बोल्यान्डविरुद्ध लिष्ट ए मा डेब्यू गरे । २०११ फेब्रुअरीमा डल्फिन्सबाट नाइट्सविरुद्ध कन्वेले टि२० मा डेब्यू गर्दै तीनै शैलीको घरेलु प्रतियोगिता खेले । लगातार घरेलु प्रतियोगिता खेल्दै उनको क्षमता पनि निखारीदै गयो । कन्वे सुरुवातलाई ठूलो इनिङमा बदल्न संघर्ष गरि रहेका थिए ।

कन्वेले २०१५ मा अफ्रिका टि२० कप प्रतियोगिता खेल्दै ३ खेलमा ५३ रन बनाए । जुन प्रतियोगिता जिम्बावे ११ सँगै दक्षिण अफ्रिका प्रमुख खेलाडी खेलेका थिए । कन्वेले थप मिहिनेत गरे । २०१६/१७ को घरेलु क्रिकेटमा कन्वेले प्रदर्शन सानदार रह्यो । प्रथम श्रेणीको घरेलु प्रतियोगितामा कन्वेले ७ खेलमा ४ शतक र २ अर्धशतक सहित कुल ८ सय २० रन बनाउँदै सर्वाधिक रन बनाउने सूचिमा दोस्रो स्थानमा रहे । मार्च २३ मा बोर्डरविरुद्ध ३ सय १ बलमा २५ चौका सहित २ सय ५ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए । जुन उनको पहिलो दोहोरो शतक थियो । आफ्नो सानदार प्रदर्शनपछि पनि दक्षिण अफ्रिका टोलीमा परेनन् ।

लगातार प्रयास गरेपनि दक्षिण अफ्रिका टोलीमा स्थान बनाउन सकेनन् । उच्च प्रतिस्पर्धा र राम्रो प्रदर्शन गरेको समयमा पनि नपरेपछि आफ्नो भविष्य दक्षिण अफ्रिका क्रिकेटमा देख्न सकेनन् । दक्षिण अफ्रिकामा कोटा प्रणालीका पनि उनले भविष्य उज्ज्वल देखेनन् । त्यसपछि कन्वेले दक्षिण अफ्रिकानै छाड्ने निर्णय लिए । कन्वेसँग दुई विकल्प थिए । इंग्ल्यान्ड वा न्युजिल्यान्डमा गएर खेल्ने । न्युजिल्यान्डमा कन्वेको साथी हुँदा उनले उतैबाट क्रिकेट खेल्ने निर्णय लिए ।

सन् २०१७ अगष्टमा दक्षिण अफ्रिका छाडेर न्युजिल्यान्ड लागे । उनले दक्षिण अफ्रिकामा भएको आफ्नो सबै सम्पती बेचेर स्टार क्रिकेटर बन्ने सपनाका साथ न्युजिल्यान्ड छिरेका थिए । जुन चार वर्षपछि पूरा भएको छ । क्रिकेटर बन्न जन्मथलो नै छाडेका कन्वेले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार सुरुवात गरेका छन् ।

न्युजिल्यान्डमा सर्वोत्कृष्ट प्रदर्शन

आइसिसीको नियम अनुसार तीन वर्ष सम्म उनले न्युजिल्यान्डको टोलीबाट खेल्न पाउँदैन थिए । २०२० अगष्ट सम्म उनले पर्खनु पर्ने हुन्थ्यो । न्युजिल्यान्डको टोलीमा पर्न पहिला घरेलु क्रिकेटमा उच्च प्रदर्शन गर्नु पर्दथ्यो । २०१८/१९ को प्लन्केट शिल्ड (प्रथम श्रेणी) सिजन प्रतियोगिता वेलिंग्टनबाट प्रतिनिधित्व गर्ने अवसर पाए । कन्वेले ७ खेलमा ६ सय ५९ रनका साथ प्रतियोगिता सर्वाधिक रन बनाउने खेलाडी बने ।

जसक्रममा २ सय ३ रनको अविजित दोहोरो शतकीय इनिङ खेलेका थिए । त्यसै सिजनमा न्युजिल्यान्डको सर्वाधिक ठूलो घरेलु टि२० प्रतियोगिता सुपर स्याम्श वेलिंग्टनबाट खेल्दै ९ खेलमा एक शतक सहित ३ सय ६३ रन बनाउँदै शीर्ष स्थानमा रहे । छनोट समिति उनको प्रदर्शनबाट प्रभावित बनि सकेको थियो । कन्वेलाई २०१९ मार्चमा न्युजिल्यान्ड क्रिकेट बोर्डले त्यस वर्ष घरेलु प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीको अर्वाडले सम्मानित गर्यो ।

२०१९/२० प्रथम श्रेणीको खेलमा कन्वे थप प्रभावशाली प्रदर्शन गरे । कन्वेले क्यान्टरबरीविरुद्ध ३ सय ५२ बलमा ४८ चौका र ५ छक्का सहित ३ सय २७ रनको अविजित तेहोरो शतक प्रहार गरेका थिए । दोस्रो इनिङमा ६६ रन बनाउँदै कुल एकै खेलमा ३ सय ९३ रन बनाउँदै न्युजिल्यान्डमा सनसनी मच्चाए । जुन न्युजिल्यान्डबाट प्रथम श्रेणीको एक खेलमा बनेको सर्वाधिक धेरै रन थियो । उक्त प्रतियोगितामा कन्वेले ६ खेलमा ७ सय १ रनका साथ शीर्ष स्थानमा रहे । २०१९/२० को सुपर स्याम्शमा उनले ११ खेलमा १ शतक सहित ५ सय ४३ रनका साथ शीर्ष स्थानमै रहे ।

२०१९/२० सिजनमै न्युजिल्यान्डको लिष्ट ए प्राप्त घरेलु प्रतियोगिता फ्रर्ड ट्रफीमा पनि १० खेलमा ५ सय ५३ रनका साथ शीर्ष स्थानमा रहँदै न्युजिल्यान्डको ढोका सहज बनाएका थिए । २०२० मा पनि कन्वे त्यस वर्ष सर्वोत्कृष्ट घरेलु क्रिकेटरको अवार्ड पाए । २०२० नोभेम्बरमा कन्वे न्युजिल्यान्डको ए टोलीमा परेका थिए । त्यसै महिना उनी न्युजिल्यान्डको टि२० आई टोलीमा पर्दै नोभेम्बर २७ मा डेब्यू गरेका थिए ।

गलफ्रेन्डको ठूलो साथ

कन्वे न्युजिल्यान्डमा स्थापित हुन उनी गलफ्रेन्ड किम वाटसनको ठूलो हात र साथ छ । किम गल्फ खेलाडी हुन् । कन्वे फुर्सदको समयमा उनीसँगै गल्फ खेल्न जान्छन् । कन्वेले न्युजिल्यान्ड रोज्नुको मुख्य कारण पनि किमनै थिइन् । यी दुईले अघिल्लो वर्ष इन्गेजमेन्ट गरिसकेका छन् । उनको साथ र सहयोगलेनै उनको सपना पूरा गर्न सहज भयो ।

कन्वेले देखाएको नयाँ आशा

केन विलियम्सनको नेतृत्वमा न्युजिल्यान्डले पछिल्लो तीनै शैलीमा सर्वोत्कृष्ट प्रदर्शन गरेको छ । टेस्ट र ओडिआई वरियतामा शीर्ष र टि२० आईमा तेस्रो स्थानमा छ । कन्वे बायाँ हाते खेलाडीको साथै पार्टटाइम विकेटकिपर समेत हुन् । कन्वेको आगमनले न्युजिल्यान्डको शीर्षक्रम थप मजबुत बनेको छ । न्युजिल्यान्डमा तीनै शैलीको क्रिकेट खेल्ने थोरै खेलाडी छन् । कन्वे तीनै शैलीमा अब्बल खेलाडीमा पर्दछन् ।

उनको ब्याटिङमा क्लास छ । क्रिकेटको भोक र मनमा इख छ । जो कोहि उनको क्लासबाट प्रभावित हुन्छ । ब्याटिङमा क्लाससँगै धैर्यता, संयमित र त्यो भन्दा बढी जिम्मेवारी छ । आगमी दिनमा कन्वेले न्युजिल्यान्डलाई आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगले थप नयाँ उचाईमा लैजान सक्ने आशा र विश्वास गरिएको छ ।

एजेन्सीको सहयोगमा भूपेन्द्र जिसीको प्रस्तुति

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.