default_image

4 years ago

July 4, 2021

करन र वोक्सको उत्कृष्ट बलिङसँगै श्रीलंका सस्तैमा समेटियो

194 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर टम करन र क्रिस वोक्सको उत्कृष्ट बलिङसँगै तेस्रो ओडिआई खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई १ सय ६७ रनको सामान्य लक्ष्य दिएको छ ।

ब्रिस्टोलमा टस हारेर ब्याटिङ थालेको श्रीलंका ४१.१ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । श्रीलंका तल्लोक्रमका दसुन शनकाले सर्वाधिक ६५ बलमा समान २ चौका र छक्का सहित ४८ रनमा अविजित रहे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

खराब लयबाट गुज्रि रहेको श्रीलंका तेस्रो खेलमा पनि ब्याटिङ चल्न सकेन । तेस्रो ओभरको दोस्रो बलमा क्रिस वोक्सले कप्तान कुसल पेरेरालाई ९ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पहिलो बलमा डेविड विल्लीले अविष्का फ्रेनान्डोलाई १४ रनमा एलबिडब्लू आउट गरेका थिए । विल्लीलेनै पाथुम निसंकालाई जोनी बेयरस्टोबाट ६ रनमा क्याच आउट गराए ।

दोस्रो खेलमा राम्रो ब्याटिङ गरेको धनञ्जय डि शिल्भा क्रिस वोक्सको बलमा आदिल राशिदबाट ४ रनमा क्याच आउट हुँदा श्रीलंका ८.५ ओभरमा ४२–४ को दयनिय अवस्थामा पुगेको थियो । त्यसपछि टम करनले एकपछि अर्को गर्दै चार विकेट लिएपछि श्रीलंका संकटमा परेको थियो ।

वानिन्दु हसरंगा ३३ बलमा १ चौका सहित २० रनमा विल्लीबाट क्याच आउट भए । ओशादा फ्रेनान्डो १८, चामिका करुणारत्ने ११ र बिनुरा फ्रेनान्डो ७ रनमा क्याच आउट हुँदा श्रीलंका ३१.५ ओभरमा १२४–८ को अवस्थामा पुगेको थियो । आदिल राशिदले दुश्मन्था चामिरालाई १६ रनमा स्टम्पिङ आउट गराए ।

इंग्ल्यान्डका टम करनले ओभरमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ३ मेडन सहित २८ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले २ र आदिल राशिदले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.