4 years ago
July 5, 2021
एजेन्सी – अमेरिकामा जारी एलए ओपन २०२१ च्याम्पियनसिप प्रतियोगितामा नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा र स्पिनर वसन्त रेग्मी सम्मिलित नेपाली राइनोज अल स्टार्स क्वाटरफाइनलबाट बाहिरिएको छ ।

सोमबार विहान क्वाटरफाइनलमा नेपाली राइनोजसँग ६ विकेटले पराजित हुँदै नेपाली राइनोज अल स्टार्स बाहिरिएको हो । जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपाली राइनोजले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गदैै सेमिफाइनलमा स्थान बनाएको छ ।
राइनोजको जितमा भारतीय मुलका सुजिथ गौडा ५७ बलमा ६ चौका र २ छक्का सहित ६१ रनमा अविजित रहे । गुणाकेश मोती १० बलमा २ छक्का सहित १८ रनमा अविजित रहे । कप्तान रोहन मुस्तफा २४ रनको योगदान दिए । अल स्टार्सका वसन्त रेग्मी ४ ओभरमा २५ रन खर्चिदा विकेट भने लिन सकेनन् । विपुल शर्माले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन ।
त्यसअघि वोंग क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अल स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । अल स्टार्सका भारतीय खेलाडी रभिन्दर सिंहले सर्वाधिक ३० रनको योगदान दिए । तिमिल पटेल २०, नयिम योंङ १९, विपुल शर्मा १० र कप्तान पृथु बाँस्कोटा ६ रनमा आउट भए । नेपाली राइनोजका गुणाकेश मोतीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । जेसि सिंहले २ विकेट लिए ।

शनिवार पहिलो खेलमा राइनोजले आरडियू स्याम्प आर्मीलाई ४६ रनले पराजित गर्दा पृथु बाँस्कोटाले २९ रन र वसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिएका थिए । शनिवारनै अर्को खेलमा नेपाली अल स्टार्सले प्रेरी भ्यु हरिकेन्सलाई ४८ रनले पराजित गरेको थियो । उक्त खेलमा कप्तान पृथु बाँस्कोटाले ५६ बलमा ७ चौका र ३ छक्का सहित ७८ रनको अविजित इनिङ खेल्दै म्यान अफ द म्याच चुनिएका थिए । वसन्त रेग्मीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए । पहिलो खेलमा नेपाली अल स्टार्सले मास्टर्स ब्लास्टर्सलाई ६७ रनले पराजित गरेको थियो । उक्त खेलमा पृथुले ३ रन बनाउँदा वसन्तले एक विकेट लिएका थिए ।
समूह सी मा बाट नेपाली राइनोज अल स्टार्स ४ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल सोमबार राती र फाइनल मंगलबार विहान हुने छ । २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक टोलीबाट शीर्ष दुई दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । विजेता टोलीले ७५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । वसन्त र पृथु गत चैतमा अमेरिका गएका थिए । अमेरिका घरेलु क्रिकेटमा निरन्तर ब्यस्त रहँदै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]