4 years ago
July 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीको २०२१ को नयाँ ग्रेड विभाजन र केन्द्रिय सम्झौता प्रकृया अन्तिम चरणमा पुगेको छ । २०२० मा ६ महिनाको लागि खेलाडीसँग केन्द्रिय सम्झौता गरेको क्यानले त्यसबेलाको पूरा तलब दिइसकेको छ ।

त्यहि ग्रेडको आधारमा क्यानले सन् २०२० को पुरै तलब पठाएको थियो । २०२१ को सुरुवाती तीन महिना पुरानै ग्रेड र सम्झौताको आधारमा तलब दिने बोर्ड बैठकले निर्णय गरि सकेको छ । सम्भवत सुरुवाती तीन महिनाको तलब क्यानले यसै साताभित्र पठाईसक्ने छ ।
२०२१ को आधा समय सकिँदा पनि क्यानले नयाँ ग्रेड र सम्झौता सार्वजनिकनै गर्न सकेको छैन । क्यानले नौ महिनाको लागि यो वर्ष सम्झौता र ग्रेड विभाजन गर्नेछ । गत चैतमा क्यान बोर्ड बैठकले मे १५ सम्म १८-१८ महिला र पुरुष खेलाडी सेन्ट्रल कन्ट्राक्ट (केन्द्रिय सम्झौता) निर्धारण गर्दै प्रतिवेदन पेश गर्न प्रशान्त विक्रम मल्ल, राजुबाबु श्रेष्ठ र सञ्जय राजसिंह गरि तीन सदस्य समिति गठन गरेको थियो ।
समितिले दुई जना एक्स्पर्ट (विशेषज्ञ) को रुपमा दुई पूर्व कप्तान विनोद दास र उत्तम कर्माचार्यलाई राखेर काम गरेको थियो । दास क्यानका म्यानेजर हुन् भने कर्माचार्य खेलाडी छनोट समितिका संयोजक हुन् । पाँच सदस्यीय समितिले खेलाडीको ग्रेड विभाजन र सम्झौता काम लगभग सकिसकेको बुझिएको छ ।
वर्गिकरण समितिका सदस्य मल्लले अन्तिम चरणमा पुगेको हाम्रो खेलकुदलाई जानकारी दिए । ‘समितिले सबै तयारी सकि सकेको छ । संयोगले दुवै एक्स्पर्ट पूर्व कप्तान रहे । हामी पाँच जना समितिको एउटा बैठक बसरे टुङ्ग्याउन मात्र बाँकी छ । एक दुई दिन भित्रमा हामी बैठक बस्ने छौं । बैठकपछि क्यानलाई पठाउने छौं’, मल्लले भने ।

अब बस्ने बोर्ड बैठकले समितिले प्रेश गरेको वर्गिकरण अनुमोदन गरेपछि लागु हुने छ । समितिले क्यानले भने अनुसारनै १८-१८ खेलाडीनै पठाउने छ । १८ भन्दा बढी खेलाडी राख्नु परे समितिले सुझाव सहित सिफारिस पठाउन सक्ने छ । समितिले निश्चित मापदण्ड बनाएर काम गरेको हुँदा गतवर्षको जस्तो आलोचना खेप्न नपर्ने अनुमान गरिएको छ ।
गत वर्ष क्यानले पुरुषको ग्रेड ए मा रहने खेलाडीलाई मासिक ५० हजार, बी लाई ४० र सी लाई ३० हजारको दरले तलब निर्धारण गरेकोे थियो । यता महिला खेलाडीलाई पहिलो पटक ग्रेडमा समावेश गर्दै ए ग्रेडमा हरेकलाई १५ हजार, बी लाई १२ हजार र सी लाई १० हजारको दरले तलब दिएको थियो । सुरुवाती समय ग्रेड विभाजनमा चर्को आलोचना खेपेको क्यानले पछि कप्तान र प्रशिक्षक राख्दै केहि सुधार गरेको थियो ।
२०१९ डिसेम्बर मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नै नेपाली महिला टोलीले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो । महिला टोलीले पुषमा प्रधानमन्त्री कप र चैतमा ललितपुर मेयर च्याम्पियनसिप प्रतियोगिता खेलेका थिए । यी दुई घरेलु प्रतियोगिता प्रदर्शनको आधारमा ग्रेड विभाजन हुने छ । यता पुरुष टोलीले पछिल्लो एक वर्षमा एउटा मात्र अन्तर्राष्ट्रिय सिरिज खेलेको छ ।

गत वैशाखमा नेपालले घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । पुरुष टोलीले माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर कप खेलेको थियो । त्रिकोणात्मक सिरिजमा उच्च प्रदर्शन गरेका आशिफ शेख र कुशल भुर्तेल ग्रेडमा पर्ने लगभग निश्चित छ । उक्त त्रिकोणात्मक सिरिजसँगै घरेलु प्रतियोगिता पनि प्रदर्शन लागु हुन सक्ने अनुमान गरिएको छ । कोरोना कारण भर्चुअल (अनलाइन) को माध्यमबाट क्यानको बोर्ड बस्न सक्ने सम्भावना छ । बोर्ड बैठकको मिति हालसम्म भने तोकिएको छैन ।
२०२० को केन्द्रिय सम्झौताका खेलाडीहरु
पुरुष ग्रेड :
ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सोमपाल कामी ।
ग्रेड बी : सुशन भारी, आरिफ शेख, पवन सरार्फ, अभिनाश बोहोरा र ललित नारायण राजवंशी ।
सी ग्रेड : सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी र सन्दीप जोरा
महिला ग्रेड :
ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
बी ग्रेड : ज्योति पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ, सरस्वती चौधरी र सरिता मगर
सी ग्रेड : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा र ममता चौधरी ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]