default_image

4 years ago

July 6, 2021

स्टोक्सको कप्तानीमा इंग्ल्यान्डको नयाँ स्वरुप

172 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले पाकिस्ताविरुद्ध हुने तीन ओडिआई सिरिजको लागि बेन स्टोक्सको कप्तानीमा नौं अनक्याप्ड खेलाडीलाई समेट्दै १८ सदस्य टोली घोषणा गरेको छ । यसअघि ओईन मोर्गनको कप्तानीमा घोषणा टोली मध्य तीन खेलाडीमा कोरोना संक्रमण देखिएपछि सबै खेलाडी सेल्फ साइसोलेसनमा बसेका छन् । जसको कारण इंग्ल्यान्डले आपतकालिन नयाँ टोली घोषणा गरेको हो ।

इंग्ल्यान्ड र श्रीलंकाबीचको तीन ओडिआई खेल आइतबार सकिएको थियो । त्यसपछि खेलाडीमा कोरोना परिक्षण गर्दा तीन खेलाडीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै चार सदस्य बोर्डका म्यानेजमेन्ट सदस्यमा पनि कोरोना देखिएको छ । स्टोक्सले सिमित ओभरको क्रिकेटमा पहिलो पटक इंग्ल्यान्डको कप्तानी गर्ने छन् । गत वर्ष वेस्ट इन्डिजविरुद्ध टेस्टमा भने इंग्ल्यान्डको लागि कप्तानी गरि सकेका छन् ।

फिलिप साल्ट, जोहन सिम्पसन, डेविड पेनी, ड्यान लरेन्स, विल ज्याक्स, टम हेल्म, लुइस ग्रेगरी, ज्याक क्रली र ब्रायडन क्रसे ओडिआई क्रिकेटका अनक्याप्ड खेलाडी हुन् । बेन स्टोक्स, जेम्स भिन्स र डेविड मलान बाहेक अन्य खेलाडीमा खासै अनुभव छैन । ज्याक क्रली टेस्ट टोलीमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो ओडिआई विहिबार सुरु हुने छ । पाकिस्तान बाबर आजमको कप्तानीमा बलियो टोलीका साथ इंग्ल्यान्ड पुगि सकेको छ । ओईन मोर्गन, जो रुट, जस बटलर सहितको पहिलो रोजाईका खेलाडी बने क्वारेनटाइन र आइसोलेसनमा छन् । प्रमुख १६ खेलाडीनै नभएपछि इंग्ल्यान्ड समस्यामा पर्ने देखिएको छ । तर बेन्च स्ट्रेन्थ बलियो हुँदा दोस्रो टोली घोषणा गर्दै समयमै सिरिज हुने जनाएको छ । टि२० आई खेलमा प्रमुख खेलाडी फर्किन सक्ने अनुमान गरिएको छ ।

इंग्ल्यान्ड क्रिकेट बोर्डका ब्यवस्थापक प्रमुख एश्ले गिल्सले युवा खेलाडीको लागि यो एउटा राम्रो अवसर रहेको बताएका छन् । घरेलु प्रतियोगितामा प्रभावित पारेका युवा खेलाडीलाई मौका दिएको उनले जानकारी दिए । यसअघि घोषणा टोलीमा बेन स्टोक्स थिएनन् । पाकिस्तान र इंग्ल्यान्डबीको पहिलो ओडिआई विहिबार दोस्रो शनिबार र तेस्रो ओडिआई खेल मंगलबार हुने छ । इंग्ल्यान्डले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका ओपनर एलेक्स हेल्सलाई भने टोलीमा समेटेको छैन ।

इंग्ल्यान्डको ओडिआई टोली : बेन स्टोक्स (कप्तान), ज्याक बेल, ड्यानी ब्रिग्स, ब्रायडन क्रसे, ज्याक क्रली, बेन डुकेट, लुइस ग्रेगरी, टिम हेल्म, विल ज्याक्स, ड्यान लरेन्स, सकिब महम्मद, डेविड मलान, क्रेग ओभरटन, म्याट प्राकिसन, डेविड पेने, फिल साल्ट, जोहन सिमप्सन र जेम्स भिन्स ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.