default_image

4 years ago

July 6, 2021

राशिद अफगानिस्तानको कप्तानमा नियुक्त

86 views

0 Bookmark

एजेन्सी – अफगानिस्तान क्रिकेट बोर्डले युवा लेग स्पिनर राशिद खानलाई टि२० आईको कप्तानमा नियुक्त गरेको छ । अफगानिस्तानले मंगलबार राशिदलाई कप्तान र ब्याट्सम्यान नजिबउल्लाह जद्रानलाई उपकप्तानमा नियुक्त गरेको जानकारी दिएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष फरहान यूसुफजईले आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपलाई लक्षित गर्दै राशिदलाई कप्तानी जिम्मेवारी दिएको जनाएका छन् । राशिदले यसअघिनै अफगानिस्तानको तीनै शैलीमा कप्तानी गरि सकेका छन् । राशिदले २०१९ मा ७ टि२० आई खेलमा कप्तानी गर्दा ४ मा जित र ३ मा हार दिलाएका थिए । राशिदले २०१९ सेप्टेम्बरमा २० वर्षको उमेरमा कप्तानी गरेका थिए । पछिल्लो समय अफगानिस्तान क्रिकेट आन्तरिक राजनीतिको कारण कप्तान परिवर्तन गर्दै आएको छ । यसअघि अस्गर अफगान अफगानिस्तानका कप्तान थिए ।


राशिदको कप्तानीमा अफगानिस्तानले २०१९ सेप्टेम्बरमा बंगलादेशलाई टेस्टमा २ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । २०१९ मा तीनै शैलीमा कप्तानीको जिम्मेवारी पाएका राशिदलाई डिसेम्बरमा हटाउँदै पुन अस्गर अफगानलाई नियुक्त गरेको थियो । राशिदले ५१ टि२० आई खेलमा ९५ विकेट लिई सकेका छन् । उनले २ सय ६५ टि२० आई खेलमा ३ सय ७० विकेट लिएका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.