4 years ago
July 7, 2021
एजेन्सी – बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिटन दास जिम्बावेविरुद्ध पहिलो टेस्ट खेलमा शतक बनाउन चुकेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाहुना टोली बंगलादेशले पहिलो दिनको समाप्तिमा २९४–८ को अवस्थामा छ ।

बंगलादेशका महमुदूल्लाह रियाद १ सय ४१ बलमा ५ चौका सहित ५४ रनमा अविजित छन् । तस्किन अहमद १३ रनबाट साथ दिने छन् । लिटन दास १ सय ४७ बलमा १३ चौका सहित ९५ रनमा क्याच आउट भए । दास आफ्नो टेस्ट करिअरको पहिलो शतक बनाउन पाँच रनले चुकेका हुन् । तीव्र गतिका बलर डोनाल्ड तिरिपानोको ७९ औं ओभरको पहिलो बलमा फाइन लेगमा भिक्टर न्याउचीले डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि शतकको सपना अधुरै बनेको थियो ।
कप्तान मोमिनुल हक ९२ बलमा १३ चौका सहित ७० रनमा क्याच आउट भए । शद्मान ईस्लाम २३, मुश्फिकुर रहिम ११ र सकिब अल हसन तीन रनमा आउट भए । एक सयम १३२–६ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई सातौं विकेटका लागि लिटन दास र महमुदूल्लाह रियादले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

जिम्बावेका तीव्र गतिका युवा बलर ब्लेसिङ मुर्जाबानीले सर्वाधिक तीन विकेट लिएका छन् । डोनाल्ड तिरिपानो र भिक्टर न्याउचीले दुई दुई विकेट लिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]