default_image

4 years ago

July 8, 2021

स्टोक्स इंग्ल्यान्डको ३४ औं कप्तान बन्दै

114 views

0 Bookmark

एजेन्सी – विश्वका स्टार अलराउन्डर बेन स्टोक्स इंग्ल्यान्डका ओडिआई क्रिकेट टोलीको कप्तानी गर्ने ३४ औं कप्तान बन्दै छन् । आज (बिहिबार) पाकिस्तानविरुद्ध तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा बाबर आजमसँगै टसको लागि कार्डिफमा मैदान उतर्दा स्टोक्स इंग्ल्यान्डको ३४ औं कप्तान बन्ने छन् ।

खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ मा सफिया गार्डेन्स कार्डिफमा सुरु हुने छ । तीन खेलाडी र चार अफिसलमा कोरोना देखिएपनि ओईन मोर्गन सहित पहिला घोषणा सबै टोली आइसोलेसनमा बसेको छ । इंग्ल्यान्डले पहिलो रोजाईका खेलाडी सेल्फ आइसोलेसनमा बसेपछि दोस्रो रोजाईका १८ सदस्य टोली घोषणा गरेको थियो । नौ अनक्याप्ड खेलाडी छन् ।

इंग्ल्यान्डको ओडिआई खेलमा कप्तानी गर्ने पहिलो खेलाडी रे इलिंगवर्थ हुन् । ओईन मोर्गन इंग्ल्यान्डको ओडिआई खेलमा एक सय भन्दा बढी कप्तानी गर्ने एक्लो खेलाडी हुन् । २०११ देखि कप्तानी गर्दै आएका मोर्गनले १ सय २१ खेलमा ७२ मा जित र ४० मा हार बेहोरेका छन् । मोर्गनपछि एलिष्टर कुकले सर्वाधिक ६९ खेलमा कप्तानी गरेका छन् । कुकले २०१० देखि २०१४ सम्म ६९ खेलमा कप्तानी गर्दा ३६ मा जित र ३० मा हार बेहोरेका छन् । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले पहिलो पटक २०१९ मा विश्वकप जितेको थियो ।

स्टोक्सले सिमित ओभरको क्रिकेटमा पहिलो पटक कप्तानी गर्न लागेका हुन् । टेस्टमा भने गतवर्ष वेस्ट इन्डिजविरुद्ध गरेका थिए । स्टोक्स र जस बटलरलाई मोर्गनपछिको सिमित ओभरको कप्तानको दाबेदारको रुपमा हेरिदै आएको छ । बटलरले कप्तानी गरि सकेका छन् । युवा खेलाडीले भोरिएको इंग्ल्यान्डको कप्तानी गर्न स्टोक्सलाई सहज भने हुने छैन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.