4 years ago
July 8, 2021
एजेन्सी – अलराउन्डर दासुन शनाकाले भारतविरुद्ध तीन ओडिआई र टि२० आई सिरिजमा श्रीलंका कप्तानी गर्ने भएका छन् । कुशल पेरेरा स्थान लिँदै शनाका श्रीलंका टि२० र ओडिआई कप्तान बन्दै छन् ।

परेराको कप्तानीमा श्रीलंकाले बंगलादेश र इंग्ल्यान्ड भ्रमणमा ९ खेल मध्य ७ खेलमा हार बेहोरेपछि श्रीलंकाले उनलाई कप्तानबाट हटाउन लागेको हो । २९ वर्षिय शनाकाको कप्तानीमा पाकिस्तानलाई २०१९ मा उसकै घरेलु मैदानमा तीन टि२० आई सिरिजमा क्लिनस्विप गर्दै उपाधि जितेको थियो । उक्त सिरिजमा शनाका कप्तानी क्षमता उत्कृष्ट मानिएको थियो ।
यसै वर्ष वेस्ट इन्डिजविरुद्ध टि२० आई सिरिजमा पनि शनाकालाई कप्तानीको जिम्मेवारी दिएको थियो । तर भिसाको कारण शनाकाले भ्रमण गर्न पाएका थिएनन् । शनाका उपलब्ध हुन नसक्दा एन्जिलो म्याथ्युजले कप्तानी गरेका थिए । शनाका इंग्ल्यान्डविरुद्ध ओडिआई खेलमा राम्रो प्रदर्शन गरेका थिए ।
श्रीलंका छनोट समितिले पेरेरा कप्तानी कारण उनको स्वभाविक खेल्ने शैली र विकेटकिपरमा समेत असर परेको जनाएको छ । भारतविरुद्ध सिरिजको लागि श्रीलंकाले ३० खेलाडीलाई बोलाएको थियो । जसमा एन्जिलो म्याथ्युजले ब्यक्तिगत कारण हस्ताक्षर नगरी टोली छाडि सकेका छन् । बोर्डसँग तालमेल नमिल्दा एन्जिलो म्याथ्युजले सन्न्यास लिने योजना बनाएको चर्चा चल्दै आएको छ ।
श्रीलंकाले भारत भ्रमणको लागि अझै आफ्नो अन्तिम टोली घोषणा गरेको छैन । बिहिवार वा शुक्रबार सम्म घोषणा गर्ने बताइएको छ । शनिवारबाट अभ्यास थाल्ने छ । भारत र श्रीलंकाबीच पहिलो ओडिआई १३ जुलाईमा हुने छ । दोस्रो खेल १६ जुलाई र तेस्रो १८ जुलाईमा हुने छ । पहिलो टि२० आई खेल २१ जुलाई, दोस्रो २३ जुलाई र तेस्रो तथा अन्तिम २५ जुलाईमा हुने छ ।

श्रीलंकाले लगातार कप्तान परिवर्तन गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो समय श्रीलंका प्रदर्शन सम्झन लायक छैन । २०२१ मा खेलेका ६ मध्य पाँच टि२० आई खेलमा हार बेहोरेको छ । अघिल्लो महिना इंग्ल्यान्डविरुद्ध तीन टि२० आई सिरिजमा क्लिनस्विप बेहोरेको थियो । वेस्ट इन्डिजसँग मार्चमा तीन टि२० आई सिरिज २–१ ले गुमाएको थियो । २०२१ मा नौ ओडिआई खेल खेलेको छ । श्रीलंकाले एक खेलमा मात्र जित निकालेको छ । गत मार्चमा वेस्ट इन्डिजविरुद्ध ३–०, बंगलादेशविरुद्ध २–१ र इंग्ल्यान्डसँग २–० ले पराजित भएको थियो ।
एक समय विश्व क्रिकेटको पावर हाउस मानिने श्रीलंका स्तरमा निकै खस्केको छ । सन् १९९६ को विश्वकप विजेता, २०११ को एकदिवसिय विश्वकप फाइनल खेलेको र २०१४ मा टि२० विश्वकप जितेको श्रीलंका आन्तरिक राजनीतिमा नराम्रोसँग फसेको छ । जसको कारण प्रमुख सिनियर खेलाडीले अप्रत्याशित सन्न्यास लिदा युवा खेलाडी साख जोगाउन संघर्ष गरि रहेका छन् । भारतले शिखर धवनको कप्तानीमा टोली घोषणा गरेको छ । भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्डमा हुँदा शिखरले कप्तानीको मौका पाएका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]