default_image

4 years ago

July 8, 2021

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको नयाँ स्वरुप

126 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ पछि कार्डिफमा सुरु हुने छ । तीन ओडिआई सिरिजमा पाकिस्तान विजयी सुरुवात गर्न चाहन्छ । यता घरेलु टोली इंग्ल्यान्ड युवा खेलाडीको उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ । पाकिस्तानको बाबर आजम र इंग्ल्यान्डको बेन स्टोक्सले कप्तानी गर्ने छन् ।

घरेलु टोली इंग्ल्यान्डको नयाँ स्वरुप छ । ओईन मोर्गनको कप्तानीमा घोषणा टोली मध्य तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि इंग्ल्यान्डले पुरै नयाँ टोली घोषणा गरेको थियो । नौ अनक्याप्ड खेलाडी छन् । बेन स्टोक्स बाहेक अन्य खेलाडीमा ओडिआईको अनुभवको कमी छ । इंग्ल्यान्ड कप्तान स्टोक्समा बढी निर्भर छ ।

इंग्ल्यान्डको ओपनिङ जेम्स भिन्स र ज्याक क्रलीले गर्ने सम्भावना छ । भिन्सले इंग्ल्यान्डबाट १६ ओडिआई खेल खेलि सकेका छन् । क्रलीले टेस्टमा राम्रो प्रदर्शन गर्दै आएका छन् । टेस्टमा मध्यक्रममा ब्याटिङ गर्नेक्रलीले ओडिआईमा डेब्यूका साथ ओपनिङ गर्ने सम्भावना छ । क्रलीको स्थानमा पिलिप साल्ट विकल्प पनि छन् । फिलिप घरेलु र फ्रेन्चाइज लिगमा आक्रामक ओपनरको रुपमा परिचित छन् । तेस्रो नम्बरमा डेविड मलान रहने छन् । टि२० आई विश्व वरियता शीर्ष स्थानका ब्याट्सम्यान मलानको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । कप्तान बेन स्टोक्सले चौथो नम्बर सम्हाल्ने छन् । स्टोक्सको प्रदर्शनमा इंग्ल्यान्ड धेरै निर्भर हुने छ ।

पाँचौ नम्बरमा ड्यान लरेन्सको सम्भावना छ । टेस्टमा राम्रो छाप छाडेका लरेन्स पार्टटाइम स्पिन विकल्प समेत हुन् । विकेटकिपरको रुपमा बेन डकेट खेल्ने छन् । बेन डकेटले तीन ओडिआई खेलि सकेका छन् । २०१६ पछि पूनरागमन गर्न लागेका डकेट अवसर भरपूर्ण सदुपयोग गर्न चाहन्छन् । विकेटकिपरमा जोन सिम्पसन विकल्पमा छन् ।

तर उनको घरेलु प्रदर्शन पछिल्लो समय त्यति राम्रो छैन । जसको कारण डकेट पहिलो रोजाईमा खेल्ने देखिन्छ । अलराउन्डरको रुपमा लुईस ग्रेगरी खेल्ने छन् । मध्यगतिका बलर उनले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ज्याक बेल, सकिब मोहम्मद र क्रेग ओभरटनलाई तीव्र गतिको बलरमा खेलाउने सम्भावना छ । यी तीनै खेलाडीले ओडिआई खेल खेलि सकेका छन् । स्पिनरमा ड्यानी ब्रिग्सको सम्भावना बढी छ ।

पाकिस्तानको ओपनिङ इमाम उल हक र फखर जमानले गर्ने छन् । जमान उत्कृष्ट लयमा छन् । गत अप्रिलमा दक्षिण अफ्रिकाविरुद्ध दोस्रो ओडिआईमा १ सय ९३ र तेस्रो ओडिआईमा १ सय १ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । तेस्रो नम्बरमा कप्तान बाबर आजमले गर्ने छन् । बाबर पाकिस्तानका मुख्य हतियार हुन् । उनको लय र पछिल्लो समय सिमित ओभरको प्रदर्शन उत्कृष्ट छ । बाबरलाई रोक्न इंग्ल्यान्डको युवा टोलीलाई कठिन पर्न सक्छ ।

विकेटकिपर मोहम्मद रिजवानले पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रम पाकिस्तानको केहि कमजोर रहेको छ । पाकिस्तान प्रिमियर लिग २०२१ का सर्वोत्कृष्ट खेलाडी सोहिब मकसूद तल्लोक्रम सम्हाल्ने छन् । शादब खान अलराउन्डरको रुपमा खेल्ने छन् । तल्लोक्रममा शादब राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिको बलरमा हसन अली, शाहिन अफ्रिदी, फहिम अशरफ र हरिस रौफको सम्भावना छ । हसन र अशरफ तल्लोक्रममा आक्रामक सटको क्षमता राख्छन् । साउद शकिलले डेब्यू गर्ने सम्भावना छ । उनले स्पिनसँगै फिनिसरको रुपमा परिचित छन् ।


हेड टु हेड :

पाकिस्तान र इंग्ल्यान्डबीच हालसम्म ८८ ओडिआई खेल भएको छ । पाकिस्तान ३२ खेलमा विजयी हुँदा ५३ खेल गुमाएको छ । पछिल्ला पाँच भेटमा इंग्ल्यान्ड चार खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ । २०१९ को विश्वकपपछि ओडिआईमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । उक्त खेलमा पाकिस्तान १४ रनले विजयी भएको थियो ।


पाकिस्तानको नजर शीर्ष स्थान

आइसिसी विश्वकप सुपर लिग अंक तालिकामा पाकिस्तानलाई शीर्ष स्थानमा उक्लिने अवसर छ । पाकिस्तानले इंग्ल्यान्डमाथि सिरिज क्लिनस्विप गर्न सके ३० अंक बटुल्ने छ । एक खेल जितको १० अंक मिल्ने गर्दछ । सुपर लिगमा पाकिस्तान ६ खेलमा ४ मा जित र २ मा हार सहित ४० अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश ९ खेलमा ५ मा जित र ४ मा हार सहित ५० अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड १२ खेलमा ६ मा जित, ५ मा हार र एक रद्द हुँदा ६५ अंकका साथ शीर्ष स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.