4 years ago
July 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (बिहिबार) इंग्ल्यान्ड जादै छन् । दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेन्ड (एक सय बल) को खेल खेल्न सन्दीप आज राती ११ बजे त्यसतर्फ लाग्ने छन् ।

इंग्ल्यान्ड सरकारको नियम अनुसार सन्दीप १० दिन अनिवार्य क्वारेनटाइन बस्नु पर्ने हुन्छ । क्वारेनटाइनको समयमा दुई पकट कोरोना परिक्षण गर्नुपर्ने हुन्छ । परिक्षण नेगेटिभ आएमा मात्र सन्दीप ओभल इन्भीनसिभलससँग जोडिन पाउने छन् । सन्दीपले भिसा ढिलो हुँदा अघिल्लो महिना इंग्ल्यान्डमा जारी टि२० ब्लास्ट गुमाएका थिए । सन्दीप वोर्सेस्टरशायरमा अनुबन्ध भएपनि भिसा ढिलो हुँदा गुमाउनु परेको थियो ।
द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म चल्ने छ । प्रतियोगितामा आठ टोली छन् । राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुने छ । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्ने छ । सन्दीप सम्मिलित टोलीमा स्याम करन, जेसन रोय, सुनिल नारायण, कोलिन इनग्राम, टम करन र साम बिलिंग्स लगायतका खेलाडी छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको द हन्ड्रेड क्रिकेट इतिहासमै पहिलो पटक हुन लागेको प्रतियोगिता हो । गत वर्ष हुने तय भएपनि कोरोना कारण एकवर्ष पछि धकेलिएको थियो । सन्दीपले द हन्ड्रेडमा हालसम्मकै सर्वाधिक पारिश्रमिक पाउने छन् । सन्दीपले एक लाख पाउन्ड झण्डै १ करोड ५० लाख नेपाली रुपैयाँ बराबर पारिश्रमिक पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]