4 years ago
July 8, 2021
एजेन्सी – नेपाली फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) २०१८ खेलेका विकेटकिपर ब्याट्सम्यान जोन सिम्प्सनले इंग्ल्यान्डको टोलीबाट पाकिस्तानविरुद्ध ओडिआईमा डेब्यू गरेका छन् ।

पाकिस्तानविरुद्ध पहिलो ओडिआई खेलमा कप्तान बेन स्टोक्सले कार्डिफमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिँदै जोन सिम्प्सन सहित पाँच खेलाडीलाई डेब्यू दिएका छन् । ओपनर फिलिप साल्ट, ज्याक क्रली, विकेटकिपर जोन सिम्प्सन, अलराउन्डर लुईस ग्रेगरी र तीव्र गतिका बलर ब्रायडन क्रसले ओडिआईमा डेब्यू गरेका हुन् ।
जोन सिम्प्सनले २०१८ को इपिएल चितवन टाइगर्सबाट खेलेका थिए । सिम्प्सनले उक्त इपिएलमा ६ खेलमा १ सय ४० रन बनाएका थिए । सिम्प्सनले पारस खड्का कप्तानीमा रहेको विराटनगर वारियर्सविरुद्ध ४४ बलमा ६ चौका र ५ छक्का सहित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

घरेलु टोली इंग्ल्यान्ड नयाँ स्वरुप रहेको छ । ओईन मोर्गनको कप्तानीमा घोषणा टोली मध्य तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि पहिलो रोजाई १६ खेलाडीनै सेल्फ आइसेलेसनमा छन् । जसको कारण इंग्ल्यान्डले बेन स्टोक्सको कप्तानीमा १८ सदस्य नयाँ टोली घोषणा गरेको थियो ।
सिम्प्सन सरप्राइज प्याकेजका रुपमा इंग्ल्यान्डको टोलीमा परेका थिए । नियमित विकेटकिपर जोनी बेयरस्टो, जस बटलर र वैकल्पिक साम बिलिंग्स उपलब्ध नभएपछि इंग्ल्यान्डले सिम्पसनलाई टोलीमा बोलाएको थियो । ३२ वर्षिय सिम्पसनले ९३ लिष्ट ए, १ सय ६८ प्रथम श्रेणी र १ सय २८ टि२० खेल खेलेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]