4 years ago
July 8, 2021
एजेन्सी – तीव्र गतिका बलर सकिब मोहम्मदको उत्कृष्ट बलिङसँगै पाकिस्तानले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १ सय ४२ रनको सामान्य लक्ष्य दिएको छ ।

कार्डिफमा टस हारेर ब्याटिङ थालेको पाकिस्तान ३५.२ ओभरमा १ सय ४१ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर फखर जमानले ६७ बलमा ६ चौका सहित सर्वाधिक ४७ रनको योगदान दिए । पाकिस्तानका ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानले सुरुवाती तीन बलमै प्रमुख दुई ब्याट्सम्यान गुमाएको थियो । तीव्र गतिका बलर सकिब मोहम्मदको पहिलो ओभरको पहिलो बलमै ओपनर इमाम उल हक एलबिडब्लू आउटको शिकार बन्न पुगे । एक बलपछि कप्तान बाबर आजम आउटसाइट एज लागेर सेकेन्ड स्लिपमा ज्याक क्रलीबाट क्याच आउट हुँदा पाकिस्तानको खातामा रन थिएन ।

चौथो ओभरको दोस्रो बलमा मोहम्मद रिजवान क्याच आउट हुँदा पाकिस्तान १७–३ को अवस्थामा पुगेको थियो । तीव्र गतिका बलर लुईस ग्रेगरीको बलमा रिजवान एज लागेर विकेटकिपर जोन सिम्प्सनबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । सातौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका साउद शहिल पाँच रनमा एलबिडब्लू आउट हुँदा पाकिस्तान २६–४ को दययिन अवस्थामा पुगेको थियो ।
पाँचौं विकेटका लागि जमान र सोहिब मकसूदले ५३ रनको साझेदारी गर्दै पाकिस्तानको सम्भावना देखाएका थिए । तर १९ औं ओभरको तेस्रो बलमा मकसूद १९ रनमा रन आउट भएपछि पाकिस्तानको मध्यम योगफलको सम्भावना पनि टाढिएको थियो । मकसूदले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे । स्पिनर म्याट पार्किसनको २२ औं ओभरको पाँचौं बलमा जमान प्वाइन्टमा समातिएपछि पाकिस्तानको झिनो आशा पनि सकिएको थियो ।

फहिम अशरफ पाँच र हसन अली ६ रनमा आउट भए । शादब खान ४३ बलमा १ छक्का सहित ३० रनमा क्याच आउट भए । शाहिन अफ्रिदी अन्तिम विकेटका रुपमा १२ रनमा क्याच आउट हुनपुगे ।
इंग्ल्यान्डका तीव्र गतिका बलर सकिब मोहम्मदले १० ओभरमा १ मेडन सहित ४२ रन खर्चेर ४ विकेट लिए । स्पिनर म्याट पार्किसनले ७ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रेग ओभरटनले ६.२ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । लुइस ग्रेगरीको नाममा एक विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]