4 years ago
July 8, 2021
एजेन्सी – तल्लोक्रमका ब्याट्सम्यान महमूदुल्लाह रियादको सानदार शतकसँगै बंगलादेशले जिम्बावेविरुद्ध एकमात्र टेस्ट खेलमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा बंगलादेशले पहिलो इनिङमा ३ सय ५४ रनको फराकिलो अग्रता लिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश दोस्रो दिन १ सय २६ ओभरमा ४ सय ६८ रनमा अल आउट भयो । महमूदुल्लाह २ सय ७८ बलमा १७ चौका र १ छक्का सहित १ सय ५० रनमा अविजित रहे । महमूदुल्लाह यो टेस्ट करिअरको पाँचौं र सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि टेस्टमा महमूदुल्लाह उत्कृष्ट प्रदर्शन २०१९ मा न्युजिल्यान्डविरुद्ध १ सय ४६ रन थियो । तस्किन अहमद १ सय ३४ बलमा ११ चौका सहित ७५ रनमा आउट भए ।
नवौं विकेटका लागि महमूदुल्लाह र तस्किनले १ सय ९१ रनको सर्वोत्कृष्ट शतकीय साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल बनाएको थियो । नवौं विकेटका लागि भएको यो टेस्ट इतिहासकै दोस्रो ठूलो साझेदारी हो । यसअघि नवौं विकेटका लागि दक्षिण अफ्रिका मार्क बाउचर र प्याट सिमकोक्सले सन् १९९८ मा पाकिस्तानविरुद्ध १ सय ९५ रनको साझेदारी गरेका थिए ।

पहिलो दिन लिटन दास १ सय ४७ बलमा १३ चौका सहित ९५ रनमा क्याच आउट भएका थिए । दास आफ्नो टेस्ट करिअरको पहिलो शतक बनाउन पाँच रनले चुकेका थिए । तीव्र गतिका बलर डोनाल्ड तिरिपानोको ७९ औं ओभरको पहिलो बलमा फाइन लेगमा भिक्टर न्याउचीले डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि शतकको सपना अधुरै बनेको थियो ।
कप्तान मोमिनुल हक ९२ बलमा १३ चौका सहित ७० रनमा क्याच आउट भए । शद्मान ईस्लाम २३, मुश्फिकुर रहिम ११ र सकिब अल हसन तीन रनमा आउट भए । एक सयम १३२–६ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई सातौं विकेटका लागि लिटन दास र महमुदूल्लाह रियादले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । जिम्बावेका तीव्र गतिका युवा बलर ब्लेसिङ मुर्जाबानीले सर्वाधिक चार विकेट लिए। डोनाल्ड तिरिपानो र भिक्टर न्याउचीले दुई दुई विकेट लिए ।
घरेलु टोली जिम्बावेले पहिलो इनिङमा ४१ ओभरमा १ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । जिम्बावे ३ सय ५४ रनले पछि छ । जिम्बावेका कप्तान ब्रेन्डन टेलर ४६ बलमा ६ चौका सहित ३७ रनमा अविजित छन् । ताकुड्जवानाशे कैतानो १ सय १७ बलमा ४ चौका सहित ३३ रनमा अविजित छन् । ओपनर मिल्टन शुम्बा ८३ बलमा ७ चौका सहित सकिब अल हसनको बलमा ४१ रनमा एलबिडब्लू आउट भए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]