default_image

4 years ago

July 9, 2021

‘यो भारतीय बी टोली होईन’

164 views

0 Bookmark

एजेन्सी – शिखर धवनको कप्तानीमा भारतीय टोली तीन ओडिआई र तीन टि२० आई सिरिजको लागि श्रीलंका भ्रमणमा छ । भारतले बी टोली पठाएको भनेर चर्चा चलि रहेको छ । विराट कोहलीको कप्तानीमा २० सदस्य टोली इंग्ल्यान्डमा छ ।

श्रीलंका पूर्व विश्वकप विजेता कप्तान अर्जुना रनतुंगाले भारतीय बी टोली पठाउँदै आफ्नो अपमान गरेको यसै साता एक कार्यक्रममा बताएका थिए । श्रीलंका क्रिकेट कमिटिका अध्यक्ष तथा पूर्व कप्तान अरभिन्द डि सिल्भाले अर्जुनालाई बी टोली भन्नेको जवाफ दिएका छन् ।

‘भारतले यस समयमा ठूलो मात्रमा प्रतिभा पाएको छ । तपाईंले कुनैपनि पक्षलाई दोस्रो स्ट्रिंग भन्न मिल्दैन’, सिल्भाले भर्चुअल बैठकमा भनेका छन् । त्यसैमा थपे, ‘२० मध्य १४ खेलाडीले भारतीय टोलीबाट प्रतिनिधित्व गरि सकेका छन् । हालको विश्वब्यापी तरिकालाई हेर्ने हो भने खेलाडी परिवर्तन भई रहेका छन् । विश्वकप खेलाडीहरुको रोटेशन चलेको छ । कोरोना कारण बायोबबलको कारण झनै चुनौती बनेको छ’, पूर्व कप्तान समेत रहेका सिल्भाले भने ।

अर्जुनासँगै क्रिकेट खेलेका अरभिन्दले श्रीलंकाबाट ९३ टेस्ट र ३ सय ८ ओडिआई खेल खेलेका छन् । ‘यो भविष्यको लागि केहि हुन सक्छ । तपाईंहरुले दोस्रो र तेस्रो स्ट्रिङको टोली पठाउनु भयो भने पनि त्यसलाई सि टोली भन्न मिल्दैन । यो क्रमबद्ध प्रकारको व्यवस्था हो’, उनले भने । पछिल्लो समय श्रीलंका टोलीको प्रदर्शन सम्झन लायक छैन । लगातार खराब प्रदर्शन गर्दै आएको छ । सिल्भाले तत्काल टोलीमा सन्तुलनको आवश्यक रहेको सुझाब दिएका छन् ।

‘राष्ट्रिय टोलीमा छिटो भन्दा छिटो सन्तुलन दिन आवश्यक छ । श्रीलंकाले सन् १९९६ को विश्वकप जितेको सन्तुलनको एक उदाहरण हो’, उनले भने । १९९६ को विश्वकप जित्न फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्न अरभिन्दले १ सय ७ रनको अविजित उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । कप्तान अर्जुना ४७ रनमा अविजित थिए ।

‘इंग्ल्यान्ड भ्रमणले हाम्रो अवस्था देखाएको छ । पक्कैपनि यो एक युवा टोली होईन । धेरै अनुभवी टोली हो । टिमको सन्तुलनसँग हामीले धेरै काम गर्नुपर्ने हुन्छ । जहाँ हामीले महसुस गरि सकेका छौं’, उनले भने । अघिल्लो महिना इंग्ल्यान्डसँगको तीन टि२० आईमा क्लिनस्विप र तीन ओडिआईमा २–० ले गुमाएको थियो । अन्तिम ओडिआई खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो ।

श्रीलंकाले भारत भ्रमणको लागि अझै आफ्नो अन्तिम टोली घोषणा गरेको छैन । कप्तान भने परिवर्तन गर्ने भएको छ । कुसल पेरेराको ठाउँमा अलराउन्डर दासुन शनाकालाई सिमित ओभरको कप्तानी दिने भएको छ । भारत र श्रीलंकाबीच पहिलो ओडिआई १३ जुलाईमा हुने छ । दोस्रो खेल १६ जुलाई र तेस्रो १८ जुलाईमा हुने छ । पहिलो टि२० आई खेल २१ जुलाई, दोस्रो २३ जुलाई र तेस्रो तथा अन्तिम २५ जुलाईमा हुने छ ।

धवनको कप्तानीमा भारतको २० सदस्य टोली श्रीलंका अभ्यासमा ब्यस्त छ । प्रशिक्षक राहुल द्रविड रहेका छन् । श्रीलंका भ्रमणमा युवा ओपनर देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, नितिश राना, स्पिनर कृष्णप्पा गौवथम र तीव्र गतिका बलर चेतन सकारिया पहिलो पटक टोलीमा परेका छन् । यी पाँच खेलाडीसँगै स्पिनर बरुण चक्रबर्ती श्रीलंका भ्रमणमा रहेका अनक्याप्ड खेलाडी हुन् । विराट कोहलीको कप्तानीमा भारतले अगष्टमा इंग्ल्यान्डसँग पाँच टेस्ट सिरिज खेल्ने कार्यक्रम छ । जसको कारण भारतले धवनको कप्तानीमा टोली घोषणा गरेको हो ।

भारतको श्रीलंका भ्रमणमा रहेको टोली : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, ईशान किशन (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), युजभेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गोवथम, क्रुनाल पान्ड्या, कुलदीप यादव, बरुण चक्रवर्ति, भुवनेश्वर कुमार (उपकप्तान), दीपक चाहर, नवदीप सैनी, चेतन सकारिया ।

भारतको इंग्ल्यान्ड भ्रमणमा रहेको टोली : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल र ऋद्धिमान शाह

वैकल्पिक खेलाडी : अभिमन्यु ईश्वरन, प्रसिद्ध कृष्णा, आवेश खान र अरजान नागवासवाला

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.