4 years ago
July 9, 2021
एजेन्सी – वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल शनिबार बिहान हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ५:१५ मा हुने छ । दुवै टोली सिरिजमा सानदार विजयी सुरुवात गर्न चाहन्छन् । अष्ट्रेलिया आरोन फिन्च र वेस्ट इन्डिज काइरन पोलार्डले कप्तानीमा मैदान उत्रनेछन् ।

दुवै टोलीलाई यो सिरिज आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकप टिम निर्माण र तयारीको लागि निकै महत्त्वपूर्ण छ । दुवै टोली विश्वकपलाई आवश्यक पर्ने खेलाडी यस सिरिजबाट खोज्ने रणनीतिमा छन् । विश्वकपमा स्थान बनाउन खेलाडीलाई यो राम्रो अवसर हो । अष्ट्रेलिया आफ्ना प्रमुख ब्याट्सम्यान डेविड वार्नर, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल र प्याट कमिन्स जस्ता खेलाडी विनानै वेस्ट इन्डिज भ्रमणमा छ । वेस्ट इन्डिज भ्रमणमा अष्ट्रेलिया मुख्य लक्ष्य फिनिसर र विकेटकिपरको खोजी गर्ने हुने छ ।
ओपनिङ फिन्च र म्याथ्यु वेडले गर्नेछन् । फिन्च र युवा ब्याट्सम्यान जोश फिलिपेले पनि गर्न सक्छन् । कप्तान फिन्चलाई ठूलो प्रदर्शनको दबाब छ । विश्वकपमा आफ्नो स्थान पक्का गर्न फिलिपेलाई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ । विश्वकपमा ओपनरमा फिन्च र वार्नरको स्थान निश्चित जस्तै छ । यो अवस्थामा फिलिपेले मध्यक्रममा खेल्नुपर्ने हुन्छ । फिलिपे विकेटकिपर हुँदा पनि उनी थप पहिलो रोजाईमा पर्नेछन् । विश्वकपमा स्थान बनाउन वेड, एलेक्स केरी र बेन म्याकडेरमोटबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
घरेलु र फ्रेन्चाइज लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका फिलिपेलाई अष्ट्रेलिया जर्सीमा पनि निरन्तरता दिन आवश्यक देखिन्छ । मिचेल मार्श, मोइजेस हेनरिक्स, एश्टन टर्नर र ड्यानियल क्रिष्टियनले मध्यक्रम र तल्लोक्रम सम्हाल्नेछन् । अलराउन्डर क्रिष्टियनले २०१७ पछि अष्ट्रेलिया टोलीमा पूनरागमन गर्दैछन् । फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार वर्षपछि टोलीमा पूनरागमन गरेका हुन् । विकेटकिपरको रुपमा एलेक्स केरी र बेन म्याकडेरमोट टोलीको रणनीति अनुसार मौका पाउनेछन् ।

मार्श, टर्नर, क्रिष्टियन, केरी, म्याकडेरमोट, हेनरिक्स फिनिसरको सम्भावित खेलाडी हुन् । ग्लेन म्याक्सवेल र स्टोइनिसको स्थान पक्का जस्तै छ । चौथो र पाँचौ नम्बरमा म्याक्सवेल र स्टोइनिस खेल्ने छन् । आगमी दुई सिरिजबाट छैटौं र सातौं नम्बरको खेलाडी निकाल्न चाहन्छ । पछिल्ला दुई संस्करणको बिग ब्यास लिगमा डेथ ओभरमा मिचेल मार्शको स्ट्राइकरेट २४१.१७ छ ।
त्यस्तै बेन कटिङको २०८.६२, झेय रिचर्ड्सन १८१.०१, ग्लेन म्याक्सवेलको १७७.१० र ड्यानियल क्रिष्टियनको १७२.८० स्ट्राइकरेट छ । क्रिष्टियन र मार्श अघि देखिन्छन् । यी दुवै अलराउन्डर पनि हुन् । वेस्ट इन्डिजविरुद्ध तीव्र गतिको बलरमा मिचेल स्टार्क, जोश हेजलवुड र एन्ड्रयू टाईको सम्भावना छ । स्पिनरमा एडम जाम्पा, एश्टन अगर र मिचेल स्विप्सन मध्य दुईले मौका पाउने छन् ।
यता घरेलु टोली वेस्ट इन्डिजलाई मध्यक्रमको ब्याटिङको चिन्ता छ । दक्षिण अफ्रिकाविरुद्ध पाँच टि२० आई सिरिज वेस्ट इन्डिजले यसै साता ३–२ ले हारेको थियो । हारको मुख्य कारण कमजोर मध्यक्रम थियो । ओपनिङ ईभिन लुईस र आन्द्रे फ्लेचरले गर्ने सम्भावना छ । फ्लेचरको ठाउँमा लेन्डल सिमन्सलाई मौका दिनसक्छ । तेस्रो नम्बरमा क्रिस गेल र चौथो नम्बरमा शिम्रन हेटमायर रहने छन् ।

पाँचौ नम्बरमा निकोलस पुरन, छैटौंमा पोलार्ड र सातौंमा आन्द्रे रसेलले ब्याटिङको जिम्मेवारी सम्हाल्ने छन् । गेल, पुरन र हेटमायर अपेक्षा अनुसार चल्न नसक्दा मध्यक्रम कमजोर देखिएको छ । पुरन खराब लयबाट संघर्ष गरि रहेका छन् । यी तीनै ब्याट्सम्यानबाट कप्तान पोलार्ड र वेस्ट इन्डिज ठूलो इनिङको पर्खाईमा छन् ।
पोलार्ड र रसेलको फिनिसर निकै महत्वपूर्ण हुने छ । विश्व फ्रेन्चाइज लिगका पहिलो रोजाईका आक्रामक खेलाडीले भोरिएको वेस्ट इन्डिजको ब्याटिङ निकै मजबुत र उत्कृष्ट छ । फबिएन एलेन र ड्वेन ब्राभो टोलीमा हुँदा ब्याटिङमा गहिराई रहेको छ । नवौं नम्बरसम्म वेस्ट इन्डिजको टोलीमा उत्कृष्ट ब्याटिङको क्षमता राख्ने खेलाडी छन् ।
तीव्र गतिको बलरमा ओबेद म्याककोय र फिडेल एडवार्ड्सको सम्भावना छ । टि२० क्रिकेटको पावर हाउस वेस्ट इन्डिज दक्षिण अफ्रिका गल्तीबाट पाठ सिक्दै अष्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । साविक टि२० विश्वकप विजेता वेस्ट इन्डिजमा एक देखि नौ नम्बर सम्म पावर हिटर ब्याट्सम्यान हुँदा यस सिरिजमा अष्ट्रेलिया भन्दा मजबुत पनि देखिन्छ ।

हेड टु हेड :
टि२० आईमा वेस्ट इन्डिज र अष्ट्रेलियाबीच कुल ११ खेल भएका छन् । अष्ट्रेलिया पाँच खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । सन् २०१४ पछि टि२० आईमा यी दुई टोली पहिलो पटक भिड्दै छन् । पछिल्ला पाँच खेलमा चार खेलमा वेस्ट इन्डिज विजयी भएको छ । २०१४ को टि२० विश्वकपमा अष्ट्रेलियालाई वेस्ट इन्डिजले ६ विकेटले हराएको थियो ।
टि२० विश्वकप तयारीलाई लक्षित गर्दै वेस्टइन्डिजले पाकिस्तानसँग पनि जुलाई अन्तिममा पाँच टि२० आई सिरिज खेल खेल्ने छ । दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग पाँच पाँच टि२० आई सिरिजपछि विश्वकप खेल्ने अन्तिम टोली तय हुने छ । अष्ट्रेलियाले वेस्टइन्डिजपछि बंगलादेशविरुद्ध पनि पाँच टि२० आई सिरिज खेल्ने कार्यक्रम छ । तर मिति भने तय हुन बाँकी छ ।
अष्ट्रेलिया टोली : आरोन फिन्च (कप्तान), एस्टन अगर, वेस अगर, जेसन बेहरनर्डोफ, एलेक्स केरी, डेन क्रिष्टियन, जेश हेजलवुड, मोइजेस हेनरिक्स, मिचेल मार्श, बेन म्याकडरमोट, राइली मेरिडिथ, जोश फिलिपे, मिचेल स्टार्क, मिचेल स्विपसन, एश्टन टर्नर, एन्ड्रयू टाई, म्याथ्यु वेड र एडम जाम्पा । भ्रमणमा वैकल्पिक खेलाडी : नाथम इल्स र तनविर संघा
वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (विकेटकिपर तथा उपकप्तान), फबियन एलेन, ड्वेन ब्राभो, शेल्डन कटरेल, फिडेल एडवार्ड्स, आन्द्रे फ्लेचर (विकेटकिपर), क्रिस गेल, शिम्रन हेटमायर, जेसन होल्डर, अकेल हुसेन, ओबेड म्याककोय, आन्द्रे रसेल, लेन्डन सिमन्स, केभिन सिन्क्लेयर, ओशान थोमस, इभिन लुइस र हेडेन वाल्श जुनियर
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]