default_image

4 years ago

July 10, 2021

अष्ट्रेलियाविरुद्ध रसेलको करिअरको उत्कृष्ट प्रदर्शन

117 views

0 Bookmark

एजेन्सी – आक्रमक ब्याट्सम्यान आन्द्रे रसेलले आक्रामक ब्याटिङका साथ आफ्नो करिअरकै सर्वोत्कृष्ट प्रदर्शन गरेपछि वेस्ट इन्डिजले पहिलो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।

ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । वेस्ट इन्डिजका आन्द्रे रसेल २८ बलमा ३ चौका र ५ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । रसेलले २६ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । रसेलले १९ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई छक्का प्रहार गर्दै टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । यसअघि टि२० आईमा रसेलको उत्कृष्ट प्रदर्शन २०१८ मा बंगलादेशविरुद्ध ४७ रन थियो ।

वेस्ट इन्डिजको सुरुवात कमजोर र खराब रह्यो । तीव्र गतिका बलर जोश हेजलवुडको दोस्रो ओभरको दोस्रो बलमा मिचेल मार्शबाट ओपनर ईभिन लुईस शून्यमा क्याच आउट भएका थिए । हेजलवुडकै छैटौं ओभरको पाँचौं बलमा क्रिस गेल टप एज लागेर प्वाइन्टमा एश्टन अगरबाट चार रनमा क्याच हुन पुगे । मिचेल मार्शको आठौं ओभरको तेस्रो बलमा ओपनर लेन्डल सिमन्स कट बिहाइन्ड हुँदै २७ रनमा विकेटकिपर म्याथ्यु वेडबाट समातिएका थिए । सिमन्सले २८ बलमा समान दुई चौका र छक्का प्रहार गरे ।

कप्तान निकोलस पुरनलाई जोश फिलिपेले १२ औं ओभरको पाँचौं बलमा १७ रनमा उत्कृष्ट रन आउट गराए । पुरनले १६ बलमा तीन चौका प्रहार गरे । नियमित कप्तान काइरन पोलार्ड चोटका कारण टोलीमा छैनन् । शिम्रन हेटमायर २५ बलमा एक चौका सहित २० रनमा क्याच आउट भए । फबिएन एलेन ८ र ड्वेन ब्राभो ७ रनमा अविजित रहे । रसेल अन्तिम ओभरमा हेजलवुडको बलमा बोल्ड आउट भएका थिए ।


अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा एक मेडन सहित मात्र १२ रन खर्चेर प्रमुख तीन विकेट लिँदै घातक बलिङ गरे । मध्य गतिका बलर मिचेल मार्शले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.