4 years ago
July 10, 2021
एजेन्सी – पाकिस्तानले इंग्ल्यान्डविरुद्ध दोस्रो ओडिआई खेलमा पहिला बलिङ गर्ने भएको छ । लर्ड्समा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

वर्षाको कारण खेल सुरु हुन निर्धारित समय भन्दा एक घण्टा ढिलो भएको हुँदा खेल ४७-४७ ओभरको हुने छ । पाकिस्तानले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले पनि टोलीमा परिवर्तन गरेको छैन । खेलमा दुई बलरले मात्र १०-१० ओभर बलिङ गर्न सक्ने छन् ।
पहिलो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । तीन ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । पाकिस्तानलाई सिरिज जित्ने सम्भावना कायमै राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तान १ सय ४१ रनमै अल आउट भएको थियो । उक्त लक्ष्य इंग्ल्यान्डले २१.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिलो खेलबाट इंग्ल्यान्डको मनोबल उच्च छ । इंग्ल्यान्डका ओपनर डेविड मलान ६९ बलमा ८ चौका सहित ६८ रनमा अविजित रहेका थिए । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान ज्याक क्रली ५० बलमा ७ चौका सहित ५८ रनमा अविजित रहेका थिए । दोस्रो विकेटका लागि क्रली र मलानले १ सय २० रनको अविजित साझेदारी गर्दै सहज जित दिलाएका थिए ।
इंग्ल्यान्डको प्लेइङ ११ : फिलिप साल्ट, डेविड मलान, ज्याक क्रली, जेम्स भिन्स, बेन स्टोक्स (कप्तान), जोन सिम्पसन (विकेटकिपर), लुईस ग्रेगरी, क्रेग ओभरटन, ब्रायडनक्रस, सकिब मोहम्मद, म्याथ्यु पार्किसन ।
पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फखर जमान, बाबर आजम (कप्तान_, मोहम्मद रिजवान, साउद शकिल, सोहिल मकसूद, शादब खान, फहिम अशरफ, हसन अली, शाहिन अफ्रिदी र हरिस रौफ
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]