default_image

4 years ago

July 10, 2021

हसनको उत्कृष्ट बलिङमा इंग्ल्यान्ड रोकियो

139 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हसन अलीको उत्कृष्ट बलिङसँगै इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा पाकिस्तानलाई २ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्ड ४५.२ ओभरमा २ सय ४७ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका ओपनर फिलिप साल्टले ५४ बलमा १० चौका सहित सर्वाधिक ६० रनको योगदान दिए । जेम्स भिन्सले ५२ बलमा ८ चौका सहित ५६ रन जोडे । एक समय विशाल योगफलको बाटोतर्फ अघि बढेपनि हसन अलीले उत्कृष्ट बलिङ गर्दै मध्यम योगफलमा रोकेका हुन् ।
दोस्रो ओभरको अन्तिम बलमा हसन अलीले ओपनर डेविड मलानलाई शादब खानबाट शून्यमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए ।

पाँचौं ओभरको पहिलो बलमा शाहिन अफ्रिदीले ज्याक क्रलीलाई शून्यमा बोल्ड गर्दै इंग्ल्यान्डलाई २१–२ को कमजोर अवस्थामा पुर्याए । तर तेस्रो विकेटका लागि साल्ट र भिन्सले ९७ रनको आक्रामक उत्कृष्ट साझेदारी गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए । यी दुई ब्याट्सम्यान पाकिस्तानका तीव्र गतिका बलर सामू हाबी बनेका थिए ।

स्पिनर साउद शकिलले १८ औं ओभरको तेस्रो बलमा साल्टलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । साल्टको विकेट पाकिस्तानलाई खेलमा फर्किने टर्निङ प्वाइन्ट बन्न पुग्यो । २१ औं ओभरको पाँचौं बलमा शादबले भिन्सलाई बोल्ड आउट गरे । सेट भएका दुबै ब्याट्सम्यान आउट भएपछि उत्कृष्ट सुरुवात गरेको इंग्ल्यान्ड पुन दबाबमा परेको थियो । त्यसपछि हसनले तीन विकेट लिदै पाकिस्तानलाई खेलमा फर्काएका थिए । आफ्नो एक सय औं ओडिआई खेल खेली रहेका कप्तान बेन स्टोक्स हसनको बलमा २२ रनमा बोल्ड आउट भए । स्टोक्सले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

२८ औं ओभरको पहिलो बलमा हसनले विकेटकिपर जोन सिम्प्सनलाई १७ रनमा बोल्ड आउट गरे । तीन बलपछि क्रेग ओभरटन विकेटकिपर मोहम्मद रिजवानबाट शून्यमा समातिन पुग्दा इंग्ल्यान्ड १६०–७ को कमजोर अवस्थामा पुगेको थियो । अन्तिम तीन विकेट इंग्ल्यान्डले मात्र चार रन जोड्दा गुमाएको थियो ।


आठौं विकेटका लागि ब्रायडन क्रसे र लुईस ग्रेगरीले ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । तीव्र गतिका बलर हरिस रौफले ग्रेगरीलाई फखर जमानबाट ४० रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । ग्रेगरीले ४७ बलमा ४ चौका प्रहार गरे । क्रसे ४१ बलमा २ चौका सहित ३१ रनमा बोल्ड आउट भए । सकिब मोहम्मद ८ र म्याट पार्किसन ७ रन बनाए ।

पाकिस्तानका हसन अलीले ९.२ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, शादब खान र साउद शकिलले एक एक विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.