default_image

4 years ago

July 10, 2021

विशाल लक्ष्य पछ्याएको जिम्बावेको मध्यम ब्याटिङ

153 views

0 Bookmark

एजेन्सी– बंगलादेशविरुद्ध एक मात्र टेस्ट खेलमा जितको लागि विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे चौथो दिनको समाप्तिमा मध्यम ब्याटिङ गरेको छ । जितको लागि ४ सय ७७ रनको लक्ष्य पाएको जिम्बावे पाँचौं तथा अन्तिम दिन ४० ओभरमा १४०–३ को अवस्थाबाट इनिङ सुरु गर्ने छ ।

डियोन मायर्स १८ र डोनाल्ड तिरिपानो ७ रनमा अविजित छन् । कप्तान बेन्डन टेलर ७३ बलमा १६ चौका सहित ९२ रनमा कट एण्ड बोल्ड आउट भए । टेलरलाई स्पिनर मेहेदी हसनले चौथो दिन खेलको अन्त्य तिर आउट गरेका थिए । ओपनर ताकुद्जवानाशे कैटानो १ सय २ बल खेल्दै एक चौका सहित ७ रनमा एलबिडब्लू आउट भए । कैटानोलाई सकिबले एलिबडब्लू आउट गरेका थिए । ओपनर मिल्टन शुम्बा ११ रनमा क्याच आउट भए ।

त्यसअघि बंगलादेशले दोस्रो इनिङमा ६७.४ ओभरमा २ सय ८४ रनमा एक विकेट गुमाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ९२ रनको अग्रता लिएको बंगलादेशले समग्रमा ४ सय ७६ रन बनाएको थियो । बंगलादेशका ओपनर शद्मान ईस्लाम १ सय ९६ बलमा ९ चौका सहित १ सय १५ रनमा अविजित रहे । नाज्मुल हसन शान्टो १ सय १८ बलमा ५ चौका र ६ छक्का सहित १ सय १७ रनमा अविजित रहे । दोस्रो विकेटका लागि नाज्मुल र शद्मान १ सय ९६ रनको अविजित शतकीय साझेदारी गरेका थिए । सैफ हसन ४३ रनमा आउट भए ।

त्यसअघि जिम्बावे पहिलो इनिङमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावे पहिलो इनिङमा १ सय ९२ रनले पछि परेको थियो । जिम्बावेका ओपनर ताकुड्जवानाशे कैतानोले ३ सय ११ बलमा ९ चौका सहित सर्वाधिक ८७ रनको योगदान दिए । कप्तान ब्रेन्डन टेलरले ९२ बलमा १२ चौका र १ छक्का सहित ८१ रनको योगदान दिए । टेलर र कैतानोले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जिम्बावेलाई राम्रो सुरुवात दिलाएका थिए ।

एक समय २२५–३ को अवस्थामा रहेको जिम्बावेले थप ५१ रन जोड्न ७ विकेट गुमाएपछि सस्तैमा अल आउट भएको थियो । ओपनर मिल्टन शुम्बा ४१, डियोन मेयर्स २७ र विकेटकिपर रेगिस चकब्वा ३१ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका स्पिनर मेहेदी हसनले पाँच र सकिब अल हसनले चार विकेट लिए । तस्किन अहमदको नाममा एक विकेट रह्यो ।

त्यसअघि पहिलो इनिङमा हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश दोस्रो दिन १ सय २६ ओभरमा ४ सय ६८ रनमा अल आउट भएको थियो । महमूदुल्लाह २ सय ७८ बलमा १७ चौका र १ छक्का सहित १ सय ५० रनमा अविजित रहे । महमूदुल्लाह यो टेस्ट करिअरको पाँचौं र सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि टेस्टमा महमूदुल्लाह उत्कृष्ट प्रदर्शन २०१९ मा न्युजिल्यान्डविरुद्ध १ सय ४६ रन थियो । तस्किन अहमद १ सय ३४ बलमा ११ चौका सहित ७५ रनमा आउट भए ।

नवौं विकेटका लागि महमूदुल्लाह र तस्किनले १ सय ९१ रनको सर्वोत्कृष्ट शतकीय साझेदारी गरेपछि बंगलादेशले विशाल योगफल बनाएको थियो । नवौं विकेटका लागि भएको यो टेस्ट इतिहासकै दोस्रो ठूलो साझेदारी हो । यसअघि नवौं विकेटका लागि दक्षिण अफ्रिका मार्क बाउचर र प्याट सिमकोक्सले सन् १९९८ मा पाकिस्तानविरुद्ध १ सय ९५ रनको साझेदारी गरेका थिए ।

पहिलो दिन लिटन दास १ सय ४७ बलमा १३ चौका सहित ९५ रनमा क्याच आउट भएका थिए । दास आफ्नो टेस्ट करिअरको पहिलो शतक बनाउन पाँच रनले चुकेका थिए । तीव्र गतिका बलर डोनाल्ड तिरिपानोको ७९ औं ओभरको पहिलो बलमा फाइन लेगमा भिक्टर न्याउचीले डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि शतकको सपना अधुरै बनेको थियो ।

कप्तान मोमिनुल हक ९२ बलमा १३ चौका सहित ७० रनमा क्याच आउट भए । शद्मान ईस्लाम २३, मुश्फिकुर रहिम ११ र सकिब अल हसन तीन रनमा आउट भए । एक सयम १३२–६ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई सातौं विकेटका लागि लिटन दास र महमुदूल्लाह रियादले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । जिम्बावेका तीव्र गतिका युवा बलर ब्लेसिङ मर्जाबानीले सर्वाधिक चार विकेट लिए। डोनाल्ड तिरिपानो र भिक्टर न्याउचीले दुई दुई विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.