4 years ago
July 11, 2021
एजेन्सी – युवा ब्याट्सम्यान शिम्रन हेटमायर चम्कँदा वेस्ट इन्डिजले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ९७ रनको बलियो लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन बनायो ।

वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३६ बलमा २ चौका र ४ छक्का सहित ६१ रनको योगदान दिए । ब्राभो ३४ बलमा १ चौका र ३ छक्का सहित ४७ रनमा अविजित रहे । आन्द्रे रसेल ८ बलमा २ चौका र २ छक्का सहित २४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे ।
तेस्रो ओभरको चौथो बलमा स्पिनर एश्टन अगरले ओपनर आन्द्रे फ्लेचरलाई ९ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको तेस्रो बलमा ओपनर लेन्डन सिमन्स ३१ रनमा क्याच आउट भए । सिमन्सलाई जोश हेजलवुडले विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराएका थिए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
क्रिस गेललाई मिचेल मार्शले १३ रनमा बोल्ड आउट गरे। तर चौथो विकेटका लागि हेटमायर र ब्राभोले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । हेटमायर रन आउट भएका थिए । अष्ट्रेलिया जोश हेजलवुड, एश्टन अगर र मिचेल मार्शले एक एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]