default_image

4 years ago

July 11, 2021

अष्ट्रेलियामाथि वेस्ट इन्डिजको लगातार दोस्रो जित

115 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिज ५६ रनले विजयी भएको छ । लगातार दोस्रो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा वेस्ट इन्डिजले २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १९२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । अष्ट्रेलिया मिचेल मार्शले ४२ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । जोश फिलिपे १३ र मोइजेस हेनरिक्सले १९ रनमा आउट भए । अष्ट्रेलिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर म्याथ्यु वेड शून्य, आरोन फिन्च ६, बेन म्याकडेरमोट ७, ड्यानियल क्रिष्टियन ९ र एश्टन अगर १ रनमा आउट भए ।

वेस्ट इन्डिजका लेग स्पिनर हेडेन वाल्श जुनियरले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेल ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, आन्द्रे रसेल, ड्वेन ब्राभो र क्रिस गेलले एक एक विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३६ बलमा २ चौका र ४ छक्का सहित ६१ रनको योगदान दिए । ब्राभो ३४ बलमा १ चौका र ३ छक्का सहित ४७ रनमा अविजित रहे । आन्द्रे रसेल ८ बलमा २ चौका र २ छक्का सहित २४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे ।

तेस्रो ओभरको चौथो बलमा स्पिनर एश्टन अगरले ओपनर आन्द्रे फ्लेचरलाई ९ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको तेस्रो बलमा ओपनर लेन्डन सिमन्स ३१ रनमा क्याच आउट भए । सिमन्सलाई जोश हेजलवुडले विकेटकिपर म्याथ्यु वेडबाट क्याच गराएका थिए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

क्रिस गेललाई मिचेल मार्शले १३ रनमा बोल्ड आउट गरे। तर चौथो विकेटका लागि हेटमायर र ब्राभोले १ सय ३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । हेटमायर रन आउट भएका थिए । अष्ट्रेलिया जोश हेजलवुड, एश्टन अगर र मिचेल मार्शले एक एक विकेट लिए । पहिलो खेलमा वेस्ट इन्डिज १८ रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार बिहान हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.