default_image

4 years ago

July 12, 2021

‘पाकिस्तानले इंग्ल्यान्डको एकेडेमी टोलीसँग हार्‍यो’– शोएब अख्तर

123 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले आफ्नो देशले इंग्ल्यान्डको एकेडेमी स्तरको टोलीसँग हारेको बताएका छन् । पाकिस्तान दोस्रो ओडिआई खेलमा शनिबार राती इंग्ल्यान्डसँग ५२ रनले पराजित भएपछि अख्तरले आफ्नो युटुब च्यानलमा बोल्दै इंग्ल्यान्डको एकेडेमी र क्लब स्तरको टोलीसँग हारेको बताएका हुन् ।

‘इंग्ल्यान्डले एकेडेमीको टोली खेलाएको छ । दुई तीन घण्टा पहिले खेलाडी बोलाएर टिम निर्माण गरेको थियो । त्यहिँ टिमसँग पाकिस्तानले हार्यो । पाकिस्तान अव के गर्छ मलाई थाहा छैन’, उनले भने । अख्तरले पाकिस्तान क्रिकेट बोर्ड र ब्यवस्थापनमाथि प्रश्न उठाएका छन् । ‘औसत बोर्डसँग औसत ब्यवस्थापन आउछ । औसत ब्यवस्थापनबाट टोली पनि त्यसै किसिमको बन्छ’, उनले भने । अख्तरले बाबरको कप्तानी र बलरमाथि पनि आक्रोश ब्यस्त गरेका छन् । इंग्ल्यान्ड एक समय १६०–७ को अवस्थामा थियो । आठौं विकेटका लागि लुईस ग्रेगरी र ब्रायडन क्रसेले ६९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

‘विपक्ष्य टोली १६०–७ को अवस्था छ भने स्लिपमा दुई जना राखेर बाउन्सर राख्दै विकेटको प्रयास गर्नु पर्ने हो । हसन अली बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सक्ने देखिएन । पाकिस्तान ३–० ले हार्ने देखिन्छ । औसत मानिसकले प्रदर्शन पनि त्यस्तै हुन्छ । विश्व कुन स्तरको क्रिकेट खेलि राखेको र पाकिस्तान कुन’, उनले भने । मेरो करिअरको समयमा पनि पाकिस्तानको ब्याट्सम्यानको अवस्था यस्तै थियो । ब्याटिङको कारण पाकिस्तानले यतिधेरै खेल हारेको छ कि राम्रो ब्याटिङ भएको भए हाम्रो इतिहास धेरै राम्रो हुने थियो । जितेको खेल पनि ब्याटिङको कारण हाथ्र्यौ । मेरो समयमा पनि त्यहिँ थियो आज पनि त्यहिँ छ’ ।

‘ब्याटिङ छक्का चौका मात्र होईन एक दुई रन पनि हो भन्ने ब्याट्सम्यानलाई कसले सिकाउने, स्ट्राइक परिवर्तन गर्न पनि आउँदैन’, अख्तरले आक्रोशका साथ प्रश्न गरेका छन् । त्यसैमा थपे, ‘पाकिस्तानको टोलीले इंग्ल्यान्डको एकेडेमी टोलीसँग फराकिलो हार्यो । यो भन्दा खराब हाम्रो लागि के हुन सक्छ । पाकिस्तानको यस्तो खेल हेर्न कोहि आउदैन । युवा खेलाडी आर्कषित हुँदैनन्’ ।

पहिलो खेल पाकिस्तान इंग्ल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम ओडिआई खेल मंगलबार हुने छ । ओईन मोर्गनको कप्तानीमा घोषणा १६ सदस्य टोली मध्य तीन खेलाडीमा कोरोना देखिएपछि इंग्ल्यान्डले बेन स्टोक्सको नेतृत्वमा नयाँ टोली घोषणा गरेको थियो । स्टोक्स बाहेक अन्य खेलाडीमा ओडिआईको खासै अनुभव छैन । नौं अनक्याप्ड खेलाडी थिए । पहिलो खेलमा पाँच खेलाडीले डेब्यू गरि सकेका छन् ।

पहिलो खेलमा पाकिस्तान १ सय ४१ रनमा अल आउट भएको थियो । उक्त लक्ष्य इंग्ल्यान्डले २१.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो । दोस्रो खेलमा २ सय ४७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ४१ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । पाकिस्तानका प्रमुख ब्याट्सम्यान बाबर आजम दुबै खेलमा चल्न सकेनन् । पहिलो खेलमा बाबर शून्य र दोस्रो खेलमा १९ रनमा आउट भएका थिए । फखर जमान र मोहम्मद रिजवान जस्ता प्रमुख ब्याट्सम्यान नचलेपछि पाकिस्तानले अपेक्षित प्रदर्शन गर्न नसकेको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.