default_image

4 years ago

July 12, 2021

अष्ट्रेलियालाई ब्याटिङको चिन्ता

169 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिज र अष्ट्रेलियाबीच तेस्रो टि२० आई खेल मंगलबार बिहान हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ५ः १५ मा ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियम सेन्ट लुसियामा हुने छ ।

पाँच टि२० आई सिरिजमा वेस्ट इन्डिजले २–० को अग्रता लिएको छ । वेस्ट इन्डिज दुई खेल अगावै सिरिज जित्न चाहन्छ । यता अष्ट्रेलियालाई सिरिज जित्ने सम्भावना कायमै राख्न तेस्रो खेल जित्नै पर्ने दबाब छ । अष्ट्रेलियाले दुबै खेलमा कमजोर ब्याटिङको कारण खेल हार्नु परेको थियो । मिचेल मार्शले लगातार अर्धशतक प्रहार गरेपनि अन्य ब्याट्सम्यानबाट साथ नपाउँदा ब्याटिङ चिन्ताको विषय बनेको छ ।

प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ, डेविड वार्नर, मार्कस स्टोइनिस विना अष्ट्रेलिया पहिलो खेलमा १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १६ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाले अन्तिम १९ रन जोड्न ६ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको थियो । दोस्रो खेलमा १ सय ९७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १९.२ ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।

पहिलो खेलमा मिचेल मार्श ५१ र दोस्रो खेलमा ५४ रनमा आउट भएका थिए । कप्तान आरोन फिन्च पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ रनमा आउट भएका थिए । अर्का ओपनर म्याथ्यु वेड पहिलो खेलमा ३३ र दोस्रो खेलमा शून्यमा आउट भएका थिए । युवा ब्याट्सम्यान जोश फिलिपे पहिलो खेलमा १ र दोस्रो खेलमा १३ रनमा आउट भएका थिए ।

तल्लोक्रमका ब्याट्सम्यानको पनि प्रदर्शन राम्रो छैन । ब्याटिङ बलियो बनाउन अष्ट्रेलियाले तेस्रो खेलमा टोलीमा परिवर्तन गर्न आवश्यक छ । बेन म्याकडेरमोटको स्थानमा एलेक्स केरी र एश्टन अगरको स्थानमा एश्टन टर्नरले मौका पाउन सक्छन् ।

प्रमुख ब्याट्सम्यानको रुपमा खेलेका बेन म्याकडेरमोट पहिलो खेलमा २ र दोस्रो खेलमा ७ रनमा आउट भएका थिए । अगर पहिलो र दोस्रो खेलमा एक एक रनमा आउट भएका थिए । पहिलो खेलमा विकेट लिन नसक्दा दोस्रोमा एक लिएका थिए । टर्नरले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्नुको साथै पार्टटाईम स्पिन पनि गर्ने गर्दछन् । टर्नर र केरी आगमनले ब्याटिङ मजबुत बन्न सक्छ । शीर्षक्रमका फिन्च, वेड र फिलिपेलाई उत्कृष्ट प्रदर्शनको दबाब छ । क्रिष्टियनमाथि थप विश्वास देखाउने छ । तीव्र गतिका बलरमा मिचेल स्टार्क र जोश हेजलवुड तथा स्पिनरमा एडम जाम्पाले निरन्तरता पाउने छन् ।

युवा ब्याट्सम्यान निकोलस पुरनले सानदार कप्तानी गरि रहेका छन् । नियमित कप्तान काइरन पोलार्ड घाइते भएपछि पुरनले वेस्ट इन्डिजको लागि पहिलो पटक टि२० आईमा कप्तानीको मौका पाएका हुन् । दोस्रो खेलमा शिम्रन हेटमायरले ६१ र ड्वेन ब्राभोले ४७ रनको योगदान दिएका थिए । ओपनर लेन्डन सिमन्सले सुरुवात राम्रो दिलाएपनि ठूलो इनिङमा बदल्न सकि रहेका छैनन् । क्रिस गेलको भने लय राम्रो छैन । गेल पहिलो खेलमा ४ र दोस्रो खेलमा १३ रनमा आउट भएका थिए । गेल र पुरनलाई उच्च प्रदर्शन गर्नु पर्ने दबाब छ ।

स्पिनर हेडेन वाल्श जुनियर पहिलो र दोस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिएका थिए । पहिलो खेलमा ४ विकेट लिदै म्यान अफ द म्याच चुनिएका ओबेद म्याकोय दोस्रो खेलमा विश्राम गरेका थिए । फिडेल एडवार्ड्स दोस्रो खेलमा घाइते हुँदा म्याककोय खेल्ने सम्भावना धेरै छ । आक्रामक ब्याट्सम्यान आन्द्रे रसेलको लय रोक्न अष्ट्रेलियालाई चुनौती हुन सक्छ ।

हेड टु हेड : अष्ट्रेलिया र वेस्ट इन्डिजबीच १३ टि२० आई खेल भएको छ । वेस्ट इन्डिज ८ खेलमा विजयी हुँदा पाँच खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई हराउन सकेको छैन ।

अष्ट्रेलिया टोली : आरोन फिन्च (कप्तान), एस्टन अगर, वेस अगर, जेसन बेहरनर्डोफ, एलेक्स केरी, डेन क्रिष्टियन, जेश हेजलवुड, मोइजेस हेनरिक्स, मिचेल मार्श, बेन म्याकडरमोट, राइली मेरिडिथ, जोश फिलिपे, मिचेल स्टार्क, मिचेल स्विपसन, एश्टन टर्नर, एन्ड्रयू टाई, म्याथ्यु वेड र एडम जाम्पा । भ्रमणमा वैकल्पिक खेलाडी : नाथम इल्स र तनविर संघा

वेस्टइन्डिजको टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (विकेटकिपर तथा उपकप्तान), फबियन एलेन, ड्वेन ब्राभो, शेल्डन कटरेल, फिडेल एडवार्ड्स, आन्द्रे फ्लेचर (विकेटकिपर), क्रिस गेल, शिम्रन हेटमायर, जेसन होल्डर, अकेल हुसेन, ओबेड म्याककोय, आन्द्रे रसेल, लेन्डन सिमन्स, केभिन सिन्क्लेयर, ओशान थोमस, इभिन लुइस र हेडेन वाल्श जुनियर

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.