default_image

4 years ago

July 13, 2021

तेस्रो खेलमा पनि चलेन अष्ट्रेलिया ब्याटिङ

214 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले तेस्रो टि२० आई खेलमा वेस्ट इन्डिजलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

अष्ट्रेलिया मोइजेस हेनरिक्सले २९ बलमा २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । एश्टन टर्नर २२ बलमा २ चौका सहित २४ रनमा रन आउट भए । टर्नरलाई अष्ट्रेलियाले एश्टन अगरको स्थानमा मौका दिएको थियो । पाँचौं विकेटका लागि टर्नर र हेनरिक्सले सर्वाधिक ५९ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलियालाई ओपनर म्याथ्यु वेड र कप्तान आरोन फिन्चले पहिलो विकेटका लागि पाँच ओभरमा ४१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर ओबेद म्याककोयले वेडलाई २३ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए । वेडले १६ बलमा ४ चौका प्रहार गरे । नवौं ओभरको तेस्रो बलमा फबिएन एलेनले मिचेल मार्शलाई ९ रनमा एलबिडब्लू आउट गरे । मार्शले यसअघि दुबै खेलमा अर्धशतक प्रहार गरेका थिए । जोश फिलिपेको स्थानमा खेलेका एलेक्स केरी १३ रनमा क्याच आउट भए ।

स्पिनर हेडेन वाल्श जुनियरको बलमा १२ औं ओभरको पहिलो बलमा केरी लेन्डन सिमन्सबाट समातिनु अघि ९ बलमा २ चौका प्रहार गरे । चार बलपछि ठूलो सट खेलेका फिन्च फबिएन एलेबाट ३० रनमा क्याच आउट भए । डिप मिडविकेटमा ब्राभोबाट छुटेको बललाई एलेनले उत्कृष्ट प्रयासका साथ क्याच लिँदै फिन्चलाई पेभिलिएन फर्काएका थिए । फिन्चले ३१ बलमा २ चौका प्रहार गरे ।


वेस्ट इन्डिजका हेडेन वाल्श जुनियरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभो, फबिएन एलेन र ओबेद म्याककोयले एक एक विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.