4 years ago
July 13, 2021
एजेन्सी – वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले टि२० मा आफ्नो १४ हजार रन पूरा गरेका छन् । मंगलबार बिहान अष्ट्रेलियाविरुद्ध तेस्रो टि२० आई खेलमा ६७ रनको सानदार इनिङ खेल्ने क्रममा गेलले ऐतिहासिक १४ हजार रन पूरा गरेका हुन् ।

गेलले नवौं ओभरको पहिलो बलमा स्पिनर एडम जाम्पालाई लङअनमा सानदार छक्का प्रहार गर्दै उक्त सफलता हात पारेका थिए । टि२० क्रिकेटमा १४ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । गेल टि२० क्रिकेटमा ११ हजार भन्दामाथि रन बनाउने एक्लो ब्याट्सम्यान हुन् । ४१ वर्षिय गेलले ४ सय ३१ खेलमा १४ हजार ३८ रन बनाएका छन् । टि२० क्रिकेटका राजा र सर्वाधिक सफल ब्याट्सम्यान गेलको २२ शतक र ८७ अर्धशतक छ । उत्कृष्ट प्रदर्शन १ सय ७५ रन अविजित छ ।
गेलपछि टि२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान वेस्ट इन्डिजका काइरन पोलार्डको नाममा छ । पोलार्डले ५ सय ४५ खेलमा १ शतक र ५४ अर्धशतक सहित १० हजार ८ सय ३६ रन बनाएका छन् । पाकिस्तानका शोएब मलिकले ४ सय २५ खेलमा १० हजार ७ सय ४१ रन बनाएका छन् । अष्ट्रेलिया डेविड वार्नरले ३ सय ४ खेलमा १० हजार १७ रन बनाएका छन् । अन्य ब्याट्सम्यानले १० हजार रनको आकँडा छुन सकेका छैनन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र न्युजिल्यान्डका पूर्व क्रिकेटर बे्रन्डन म्याकुलमले समान ९ हजार ९ सय २२ रन बनाएका छन् ।

टि२० क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान क्रिस गेलले सन् २००५ देखि टि२० क्रिकेट लगातार खेल्दै आएका छन् । ४१ वर्षिय गेल वेस्ट इन्डिजसँगै विश्व फ्रेन्चाइज लिग निरन्तर खेल्दै आएका छन् । तेस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउन गेलले ३८ बलमा ४ चौका र ७ छक्का सहित ६७ रनको उत्कृष्ट इनिङ खेले । गेलले राष्ट्रिय टोलीमा सन् २०१६ पछि टि२० आईमा अर्धशतक प्रहार गरेका हुन् । तेस्रो खेलको उत्कृष्ट प्रदर्शन काइरन पोलार्ड ड्वेन ब्राभोलाई विशेष सहित टिमलाई समर्पित गरेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]