default_image

4 years ago

July 13, 2021

विश्वकप विजेता क्रिकेटर यशपालको मृत्यु

157 views

0 Bookmark

एजेन्सी – भारतीय पूर्व ब्याट्सम्यान यशपाल शर्माको ६६ वर्षको उमेरमा मृत्यु भएको छ । भारतलाई पहिलो विश्वकप जिताउँदा सदस्य तथा मध्यक्रमका ब्याट्सम्यान यशपाल शर्माको मंगलबार बिहान हृदयघातको कारण मृत्यु भएको हो ।

सन् १९८३ मा भारतले वेस्ट इन्डिजलाई फाइनलमा ४३ रनले हराउँदै पहिलो पटक विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सेमिफाइनलमा इंग्ल्यान्डलाई ६ विकेटले हराउँदै फाइनलमा पुर्याउन उनले ६१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । उनले ७९ कुल अन्तर्राष्ट्रिय खेलमा २ हजार ४ सय ८९ रन बनाएका छन् ।

यशपालको जन्म १९५४ मा पन्जाबको लुधियानामा भएको थियो । उनले भारतबाट ३७ टेस्ट र ४२ ओडिआई खेल खेलेका थिए । टेस्टमा उनले सन् १९७९ अगष्टमा इंग्ल्यान्डविरुद्ध लर्ड्समा डेब्यू गरेका थिए । ओडिआईमा उनले १९७८ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए । १ सय ६० प्रथम श्रेणी र ७४ लिष्ट ए खेल खेलेका थिए ।

इन्डियन प्रिमियर लिग (आइपिएल) उनले मुम्बई इन्डियन्सबाट खेलेका थिए । उनले घरेलु क्रिकेट पन्जाप, हरियाणा र रेलवयबाट प्रतिनिधित्व गरेका थिए । शर्माका श्रीमती रेणी शर्मा, दुई छोरी पूजा र प्रीति तथा छोरा चिराग शर्मा छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.