4 years ago
July 13, 2021
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ मा बर्मिंघममा हुने छ ।

तीन ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डले एक खेल अगावै सिरिज जिति सकेको छ । दोस्रो रोजाईको सम्मिलित इंग्ल्यान्डको टोली तेस्रो खेलमा जितका साथ क्लिनस्विप गर्न चाहन्छ । यता पाकिस्तान सुरुवाती दुई खेलको प्रदर्शनलाई बिर्सदै अन्तिम खेलमा सानदार जितका साथ क्लिनस्विपबाट बन्च चाहन्छ ।
पाकिस्तानको दुबै खेलमा ब्याटिङ निकै कमजोर रह्यो । शीर्षक्रमका ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक छैन । कप्तान बाबर आजम, ओपनर फखर जमान र विकेटकिपर मोहम्मद रिजवानलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । प्रमुख ब्याट्सम्यान बाबर पहिलो खेलमा शून्य र दोस्रो खेलमा १९ रनमा आउट भएका थिए । ओडिआई वरियता शीर्षक्रमका ब्याट्सम्यान तथा कप्तान बाबरलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । रिजवानबाट पाकिस्तान ठूलो इनिङ चाहन्छ ।

पाकिस्तानले सहिब मकसुदको स्थानमा विकेटकिपर शरफराज अहमदलाई मौका दिने सम्भावना छ । सहिब पहिलो र दोस्रो दुबै खेलमा समान १९ रनमा आउट भएका थिए । पहिलो खेलमा शून्य र दोस्रोमा एक रनमा आउट भएका ओपनर ईमाम उल हकलाई पनि बेन्चमा राख्ने सम्भावना छ । ओपनरले राम्रो सुरुवात दिन नसक्दा पाकिस्तान थप समस्यामा पर्दै आएको छ । ईमामको स्थानमा अब्दुल्लाह सफिकलाई ओडिआईमा डेब्यू दिन सक्छ । त्यस्तै फहिम अशरफको स्थानमा अघा सलमानलाई मौका दिन सक्ने सम्भावना छ । घरेलु क्रिकेटमा राम्रो छाप छाडेका अघा डेब्यूको प्रखाईमा छन् ।
अशरफको स्थानमा मोहम्मद नवाज अर्को विकल्प हुन् । दोस्रो खेलमा पाँच विकेट लिएका हसन अली पछिल्लो समय उत्कृष्ट लयमा छन् । दोस्रो खेलमा कठिन र दबाबमा ५६ रनको अर्धशतकीय इनिङ खेलेका मध्यक्रमका युवा ब्याट्सम्यान साउद शकिलले नयाँ आशा देखाएका छन् । उपकप्तान शादब खानलाई जिम्मेवारी प्रदर्शन गर्न आवश्यक र दबाब दुबै छ । हसन तल्लोक्रममा ठूला सटको पनि क्षमता राख्छन् । हसनलाई तीव्र गतिको युनिटमा शाहिन अफ्रिदी र हरिस रौफले राम्रो साथ दिन आवश्यक छ । तेस्रो खेलमा पाकिस्तानले तीन परिवर्तन गर्ने सम्भावना बढी देखिन्छ ।

इंग्ल्यान्डका युवा खेलाडीले दोस्रो रोजाईको टोलीको अनुभव महसुस गर्न दिएका छैनन् । ओपनर फिलिप साल्टले दोस्रो खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । इंग्ल्यान्डले दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको हुँदा टोली परिवर्तनको सम्भावना कम छ । सिरिज जिति सकेको हुँदा युवा खेलाडीलाई थप मौका दिन सक्छ । विकेटकिपर जोन सिम्पसनको स्थानमा बेन डकेटलाई मौका दिन सक्छ । बायडन क्रसेको स्थानमा ड्यान लरेन्सलाई मौका दिँदै ओडिआईमा डेब्यू दिन सक्ने सम्भावना रहन्छ ।
के्रग ओभरटनलाई विश्राम दिँदै ज्याक बेललाई मैदान उतार्न सक्छ । तर पहिलो र दोस्रो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शनका साथ जित निकालेको हुँदा त्यहिँ टोलीलाई निरन्तरता दिँदै सिरिजमा क्लिनस्विप गर्ने सोच पनि हुन सक्छ । पहिलो खेलमा ४ र दोस्रो खेलमा २ विकेट लिएका तीव्र गतिका बलर सकिब मोहम्मद पाकिस्तानलाई पुन घातक बन्न सक्छन् ।

पावर प्ले र नयाँ बलमा उनको बल खेल्न पाकिस्तानका ब्याट्सम्यानले सुरुवाती दुई खेलमा संघर्ष गरेका थिए । कप्तान बेन स्टोक्स प्रमुख हतियार हुन् । दोस्रो खेलमा ४० रन बनाउनुको साथै ३ विकेट लिएका लुईस ग्रेगरी तेस्रो खेलमा पनि नायक बन्न सक्छन् । मध्यक्रमका ब्याट्सम्यान ज्याक क्रली र जेम्स भिन्स पनि राम्रो लयमा रहेका छन् । इंग्ल्यान्डका खेलाडीले मौकालाई भरपूर्ण फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गरि रहेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]