4 years ago
July 13, 2021
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले इंग्ल्यान्डविरुद्ध तेस्रो ओडिआई खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ३८ ओभरमा २ विकेट गुमाउँदै २ सय ८ रन बनाएको छ ।

बाबर आजम १ सय ७ बलमा ९ चौका र २ छक्का सहित १ सय ३ रनमा अविजित छन् । बाबरले १ सय ४ बलमा शतक पूरा गरे । बाबरको यो ओडिआई करिअरको १४ औं शतक हो । बाबरले ३८ औं ओभरको पहिलो बलमा सकिब मोहम्मदलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । पाकिस्तानलाई ओपनर फखर जमान र ईमाम उल हकले ४.४ ओभरमा २१ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए ।
तीव्र गतिका बलर सकिब मोहम्मदले ज्याक क्रलीबाट फखरलाई ६ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाए । दोस्रो विकेटका लागि बाबर र ईमामले १ सय २७ बलमा ९२ रनको साझेदारी गरेका थिए । ईमामलाई स्पिर म्याट पार्किसनले २६ औं ओभरको पाँचौं बलमा ५६ रनमा बोल्ड आउट गरे । ईमामले ७३ बलमा ७ चौका प्रहार गरे ।
मोहम्मद रिजवान ३७ रनमा अविजित छन् । तेस्रो विकेटका लागि बाबर र रिजवानले ९५ रनको आक्रामक साझेदारी गरि सकेका छन् । तीन ओडिआई सिरिजमा इंग्ल्यान्डले दुई खेल अगावै सिरिज जिति सकेको छ । बाबर पहिलो खेलमा शून्य र दोस्रो खेलमा १९ रनमा आउट भएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]