4 years ago
July 13, 2021
एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी शतकको सहयोगमा तेस्रो तथा अन्तिम ओडिआई खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ३ सय ३२ रनको विशाल लक्ष्य दिएको छ ।

बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनायो । बाबर आजमले १ सय ३९ बलमा १४ चौका र ४ छक्का सहित १ सय ५८ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेले । बाबरको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । यसअघि बाबरको सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध १ सय २५ रन अविजित ओडिआई करिअरको उच्च रहँदै आएको थियो ।
बाबरको अन्तर्राष्ट्रिय करिअरको पनि सर्वोत्कृष्ट प्रदर्शन पर्दछ । बाबरको टि२० आईमा १ सय २२ र टेस्टमा १ सय ४३ रन उच्च प्रदर्शनको रुपमा छ । बाबर पाकिस्तानबाट ओडिआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने कप्तान बनेका छन् । इंग्ल्यान्डविरुद्ध ओडिआईमा कुनैपनि विपक्ष्य कप्तानले बनाएको यो सर्वाधिक धेरै रन हो । पाकिस्तानबाट इंग्ल्यान्डविरुद्ध ब्याट्सम्यानले बनाएको सर्वाधिक धेरै रनको कीर्तिमान पनि बनेको छ । बाबर इंग्ल्यान्डसँगको पहिलो खेलमा शून्य र दोस्रो खेलमा १९ रनमा आउट हुँदा केहि आलोचित बनेका थिए । ती आलोचितलाई बाबरले ब्याटबाट राम्रो जवाफ दिएका छन् ।

बाबरले १ सय ४ बलमा शतक ओडिआई करिअरको १४ औं शतक पूरा गरेका थिए । बाबर अन्तिम ओभरको दोस्रो बलमा डेविड मलानबाट क्याच आउट हुन पुगे । मोहम्मद रिजवान ५८ बलमा ८ चौका सहित ७४ रनमा आउट भए । तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय २० बलमा १ सय ७९ रनको आक्रामक उत्कृष्ट शतकीय साझेदारी गरेपछि पाकिस्तानले विशाल योगफल तयार पारेको हो ।
पाकिस्तानलाई ओपनर फखर जमान र ईमाम उल हकले ४.४ ओभरमा २१ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सकिब मोहम्मदले ज्याक क्रलीबाट फखरलाई ६ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि बाबर र ईमामले १ सय २७ बलमा ९२ रनको साझेदारी गरेका थिए ।

ईमामलाई स्पिर म्याट पार्किसनले २६ औं ओभरको पाँचौं बलमा ५६ रनमा बोल्ड आउट गरे । ईमामले ७३ बलमा ७ चौका प्रहार गरे । सहिब मकसुद ८, हसन अली ४, फहिम अशरफ १०, शादब खान र शाहिन अफ्रिदी शून्यमा आउट भए ।
इंग्ल्यान्डका ब्रायडन क्रसेले १० ओभरमा ६१ रन खर्चेर ५ विकेट लिए । सकिब मोहम्मदले १० ओभरमा २ मेडन सहित ६० रन खर्चेर ३ विकेट लिए । म्याट पार्किसनले एक एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]