default_image

4 years ago

July 14, 2021

दक्षिण अफ्रिकामाथि आयरल्यान्डको ऐतिहासिक जित

148 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डले दक्षिण अफ्रिकालाई पहिलो पटक पराजित गर्दै इतिहास रचेको छ । आइसिसी विश्वकप सुपर लिग अन्तर्गत तीन आई खेलको सरिजमा दोस्रो खेलमा आयरल्यान्डले दक्षिण अफ्रिकालाई मंगलबार राती ४३ रनले हराउँदै इतिहास रचेको हो ।

आयरल्यान्डले कुनैपनि शैलीमा दक्षिण अफ्रिकालाई पहिलो पटक पराजित गरेको हो । योसँगै तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८.३ ओभरमा २ सय ४७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका ओपनर जान्नेमान मलानले ९६ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए ।

मध्यक्रमका ब्याट्सम्यान रास्सी भान डर डुसनेले ७० बलमा २ चौका सहित ४९ रन जाडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।कप्तान टेम्बा बभुमा १०, ओपनर एडेन माक्ररम ५, काईल भिरभिने १३ र डेविड मिलर २४ रनमा आउट भए । कागिसो रबाडा १६, केशव महाराज १७ र एनरिच नोर्कियाले १० रन बनाए । आयरल्यान्डका एन्ड्रयू म्याकब्रिनी, मार्क आदिर र जोश लिटिलले २–२ विकेट लिए । जर्ज डकरेल, सिमि सिंह र क्रेग यौंगले एक एक विकेट लिए ।


त्यसअघि डुब्लिनमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । कप्तान तथा ओपनर एन्ड्रयू बलबर्नीले १ सय १७ बलमा १० चौका र २ छक्का सहित १ सय २ रनको शतकीय इनिङ खेलेका थिए । उनको यो ओडिआई करिअरको सातौं शतक हो ।

ह्यारी टेक्टरले ६८ बलमा ६ चौका र ४ छक्का सहित ७९ रनको आक्रामक इनिङ खेलेका थिए । ओपनर पल स्टर्लिङ २७, जर्ज डकरेल ४५ र एन्ड्रयू म्याकब्रिनीले २३ रनको योगदान दिए । दक्षिण अफ्रिका एन्डिले फेहलुकवयोले सर्वाधिक २ विकेट लिए । कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एक एक विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । तेस्रो खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.