default_image

4 years ago

July 14, 2021

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार क्लिनस्विप

164 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान जेम्स भिन्सको शतकको सहयोगमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन ओडिआई खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै क्लिनस्विप गरेको हो ।

जितको लागि ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डलाई सानदार जित दिलाउन मध्यक्रमका ब्याट्सम्यान जेम्स भिन्सले ९५ बलमा ११ चौका सहित १ सय २ रनको शतकीय इनिङ खेले । भिन्सको यो ओडिआई करिअरको पहिलो शतक हो । अलराउन्डर लुईस ग्रेगरीले तल्लोक्रममा ६९ बलमा ६ चौका र ३ छक्का सहित ७७ रनको महत्वपूर्ण योगदान दिए ।

ओपनर फिलिप साल्ट २२ बलमा ७ चौका सहित ३७ रनमा आउट भए । ज्याक क्रली ३४ बलमा ७ चौका सहित ३९, कप्तान बेन स्टोक्स ३२ र क्रेग ओभरटन १८ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ९ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शादब खानले २ र हसन अलीले एक विकेट लिए । अन्यले विकेट लिन सकेनन् ।

त्यसअघि बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । बाबर आजमले १ सय ३९ बलमा १४ चौका र ४ छक्का सहित १ सय ५८ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेले । बाबरको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । यसअघि बाबरको सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध १ सय २५ रन अविजित ओडिआई करिअरको उच्च रहँदै आएको थियो ।

बाबरको अन्तर्राष्ट्रिय करिअरको पनि सर्वोत्कृष्ट प्रदर्शन पर्दछ । बाबरको टि२० आईमा १ सय २२ र टेस्टमा १ सय ४३ रन उच्च प्रदर्शनको रुपमा छ । बाबर पाकिस्तानबाट ओडिआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने कप्तान बनेका छन् । इंग्ल्यान्डविरुद्ध ओडिआईमा कुनैपनि विपक्ष्य कप्तानले बनाएको यो सर्वाधिक धेरै रन हो । पाकिस्तानबाट इंग्ल्यान्डविरुद्ध ब्याट्सम्यानले बनाएको सर्वाधिक धेरै रनको कीर्तिमान पनि बनेको छ । बाबर इंग्ल्यान्डसँगको पहिलो खेलमा शून्य र दोस्रो खेलमा १९ रनमा आउट हुँदा केहि आलोचित बनेका थिए । ती आलोचितलाई बाबरले ब्याटबाट राम्रो जवाफ दिएका छन् ।

बाबरले १ सय ४ बलमा शतक ओडिआई करिअरको १४ औं शतक पूरा गरेका थिए । बाबर अन्तिम ओभरको दोस्रो बलमा डेविड मलानबाट क्याच आउट हुन पुगे । मोहम्मद रिजवान ५८ बलमा ८ चौका सहित ७४ रनमा आउट भए । तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय २० बलमा १ सय ७९ रनको आक्रामक उत्कृष्ट शतकीय साझेदारी गरेपछि पाकिस्तानले विशाल योगफल तयार पारेको हो ।

पाकिस्तानलाई ओपनर फखर जमान र ईमाम उल हकले ४.४ ओभरमा २१ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सकिब मोहम्मदले ज्याक क्रलीबाट फखरलाई ६ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि बाबर र ईमामले १ सय २७ बलमा ९२ रनको साझेदारी गरेका थिए ।

ईमामलाई स्पिर म्याट पार्किसनले २६ औं ओभरको पाँचौं बलमा ५६ रनमा बोल्ड आउट गरे । ईमामले ७३ बलमा ७ चौका प्रहार गरे । सहिब मकसुद ८, हसन अली ४, फहिम अशरफ १०, शादब खान र शाहिन अफ्रिदी शून्यमा आउट भए ।

इंग्ल्यान्डका ब्रायडन क्रसेले १० ओभरमा ६१ रन खर्चेर ५ विकेट लिए । सकिब मोहम्मदले १० ओभरमा २ मेडन सहित ६० रन खर्चेर ३ विकेट लिए । म्याट पार्किसनले एक एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान १८ रन र दोस्रो खेलमा ५२ रनले पराजित भएको थियो । यो इंग्ल्यान्डको दोस्रो रोजाईको टोली हो । स्टोक्सले ओडिआईमा पहिलो पटक कप्तानी गर्दै सानदार नतिजा दिलाएका हुन् ।

ओईन मोर्गनको कप्तानीमा घोषणा टोलीका तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि इंग्ल्यान्डले बेन स्टोक्सको नेतृत्वमा नयाँ टोली घोषणा गरेको थियो । तीव्र गतिका बलर सकिब मोहम्मद प्लेयर अफ द सिरिज चुनिए । जेम्स भिन्स प्लेयर अफ द म्याच चुनिएका थिए । पाकिस्तान र इंग्ल्यान्डबीच थप तीन टि२० आईको सिरिज हुने छ । पहिलो खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.