default_image

4 years ago

July 14, 2021

बाबरको दुर्लभ विश्व कीर्तिमान

187 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले ओडिआई क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । इंग्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम ओडिआई खेलमा बाबरले आफ्नो करिअकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उक्त दुर्लभ कीर्तिमान बनाएका हुन् ।

बाबरले इंग्ल्यान्डविरुद्ध मंगलबार राती १ सय ३९ बलमा १४ चौका र ४ छक्का सहित १ सय ५८ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेलेका थिए । बाबरको यो ओडिआई करिअरको १४ औं शतक हो । बाबर ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो इनिङमा १४ औं शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।

बाबरले यो सफलता ८१ औं इनिङमा पूरा गरेका हुन् । अष्ट्रेलिया महिला क्रिकेट टोलीकी कप्तान मेग ल्यानिंगले ८२ औं इनिङमा उक्त सफलता हात पारेकी थिइन् । पुरुष ओडिआईमा बाबर अघि दक्षिण अफ्रिका पूर्व ओपनर हाशिम आमलाले ८४ औं इनिङमा १४ औं शतक पूरा गर्दै कीर्तिमान राख्दै आएका थिए । आमलापछि अष्ट्रेलिया ओपनर डेविड वार्नरले ९८ औं र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १ सय ३ औं इनिङमा उक्त सफलता हात पारेका थिए ।

त्यस्तै बाबर इंग्ल्यान्डविरुद्ध १ सय ५० भन्दामाथि रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । बाबर अघि इंग्ल्यान्डविरुद्ध विपक्ष्य कप्तानले बनाएको कीर्तिमान दक्षिण अफ्रिका पूर्व ब्याट्सम्यान ग्रिम स्मिथको नाममा थियो । सन् २००९ मा स्मिथले इंग्ल्यान्डविरुद्ध १ सय ४१ रन बनाएका थिए । इंग्ल्यान्डविरुद्ध पाकिस्तानका ब्याट्सम्यानले बनाएको यो उच्च स्कोर हो । यसअघि २०१९ मा ओपनर ईमाम उल हकले १ सय ५१ रनको शतकीय इनिङ खेलेका थिए । बाबर पाकिस्तानबाट ओडिआईमा कप्तानको रुपमा एकै खेलमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । बाबरअघि सन् २००९ मा शोएब मलिकले भारतविरुद्ध कप्तानी गर्दै १ सय २५ रन अविजित थियो ।

बाबरको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । यसअघि बाबरको सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध १ सय २५ रन अविजित ओडिआई करिअरको उच्च रहँदै आएको थियो । बाबरको अन्तर्राष्ट्रिय करिअरको पनि सर्वोत्कृष्ट प्रदर्शन पर्दछ । बाबरको टि२० आईमा १ सय २२ र टेस्टमा १ सय ४३ रन उच्च प्रदर्शनको रुपमा छ ।

बाबरले १ सय ४ बलमा शतक ओडिआई करिअरको १४ औं शतक पूरा गरेका थिए । बाबरको सानदार शतक र मोहम्मद रिजवानको आक्रामक ७४ रनको सहयोगमा बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । तर बलर नच्लदा पाकिस्तान ३ विकेटले पराजित हुन पुग्यो । उक्त लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका जेम्श भिन्सले १ सय २ र लुईस ग्रेगरीले ७७ रनको इनिङ खेल्दै जित दिलाए ।

इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन ओडिआई खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । पहिलो खेलमा पाकिस्तान १८ रन र दोस्रो खेलमा ५२ रनले पराजित भएको थियो । स्टोक्सले ओडिआईमा पहिलो पटक कप्तानी गर्दै सानदार नतिजा दिलाएका हुन् । ओईन मोर्गनको कप्तानीमा घोषणा टोलीका तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि इंग्ल्यान्डले बेन स्टोक्सको नेतृत्वमा नयाँ टोली घोषणा गरेको थियो । पाकिस्तान र इंग्ल्यान्डबीच थप तीन टि२० आईको सिरिज हुने छ । पहिलो खेल शुक्रबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.