default_image

4 years ago

July 14, 2021

‘वेस्टइन्डिज टि२० विश्वकपको बलियो दाबेदार’

175 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिज आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकप उपाधि जित्ने बलियो दाबेदार टोली रहेको भारतीय पूर्व क्रिकेटर दीप दासगुप्ताले बताएका छन् । वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्ध पाँच टि२० आई सिरिज अन्तर्गत लगातार तीन खेल जितिसकेको छ ।

विशेषगरी अनुभवी खेलाडी क्रिस गेल र ड्वेन ब्राभोको पूनरागमनले टोली निकै सन्तुलित र बलियो बनेको छ । ‘वेस्ट इन्डिज मुख्य गरेर आक्रामक र ब्याटिङमा धेरै निर्भर टोली हो । तर पछिल्ला दुई सिरिजमा बलिङमा पनि उत्कृष्ट गरेको छ । ओबेद म्याकोय, हेडन वाल्श जुनियर, शेल्डन कटलेरसँगै अलराउन्डरको सम्मिश्रणले बलिङ उत्कृष्ट छ’, पूर्व क्रिकेटर दीपले भने ।

‘खेलाडी लयमा छन् । रसेलले रन बनाएका छन् । गेलले पनि पछिल्लो खेलमा रन बनाए । कप्तान काइरन पोलार्ड चोटका कारण टोलीमा छैनन् । सुनिल नारायण तयार भएपछि टोलीमा स्थान बनाउन सक्छन् । वेस्ट इन्डिजको टोली धेरै राम्रो भएको छ । यूएईमा विश्वकप हुने हुँदा पनि थप फाइदा पुग्ने छ’,उनले भनेका छन् ।

‘गतवर्ष आइपिएलमा वेस्ट इन्डिजका खेलाडीको प्रदर्शन त्यति राम्रो हुन सकेको थिएन । मुख्य कारण फिच बाउन्स थियो । यसपटक आइपिएलको कारण पिच थप फ्ल्याट र टाइट हुँदा वेस्ट इन्डिजको पावर हिटरलाई धेरै फाइदा पुग्ने छ । विग हिटर पोलार्ड छैनन् । उनी फिट भएपछि कसलाई बेन्चमा राख्ने भन्ने छ । त्यसैले वेस्ट इन्डिज विश्वकपको बलियो दाबेदार टोली हो’, उनले भने । दीपले वेस्ट इन्डिजपछि भारत र इंग्ल्यान्ड पनि दाबेदार बताएका छन् ।

वेस्ट इन्डिजको ब्याटिङमा गहिराई छ । ओपनरमा लेन्डन सिमन्स, आन्द्रे फ्लेचर र ईभिन लुईस छन् । क्रिस गेल, श्रिमन हेटमायर, निकोलस पुरन,ड्वेन ब्राभो, पोलार्ड, रसेल, फबिएन एलेन पावर हिटर ब्याट्सम्यान हुन् । विश्व फ्रेन्चाइज लिगमा यी ब्याट्सम्यानको बाहुल्यता र दबदबा छ । स्पिनरमा हेडेन वाल्श जुनियर उत्कृष्ट लयमा देखिएका छन् ।

फबिएन एलेन स्पिनसँगै उत्कृष्ट हिटर र फिल्डर हुन् । तीव्र गतिका बलरमा म्याककोयले सानदर प्रदर्शन गरि रहेका छन् । शेल्डन कटरेलले पनि राम्रो लयको संकेत दिएका छन् । जेसन होल्डर र सुनिल नारायणलाई प्लेइङ ११ मै स्थान बनाउन निकै कठिन देखिन्छ ।

विश्वकप अघिको लय र खेलाडी हेर्दा वेस्टइन्डिज बलियो देखिन्छ । वेस्ट इन्डिजको टोलीमा युवा र अनुभवी खेलाडीको मिश्रण हुँदा झनै बलियो बनेको छ । कप्तान पोलार्ड र उपकप्तान पुरनको नेतृत्व क्षमता उत्कृष्ट रहँदै आएको छ । साविक विजेता वेस्टइन्डिज पनि लगातार तेस्रो विश्वकप जित्ने सोचका साथ लागिपरेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.