default_image

4 years ago

July 14, 2021

स्टोक्स र करन इंग्ल्यान्डको टोली बाहिर

151 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्ध हुने तीन टि२० आई सिरिजको लागि ओईन मोर्गनको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा अलराउन्डर स्याम करन र बेन स्टोक्स छैनन् । शुक्रबार देखि सुरु हुने टि२० सिरिजमा कप्तान मोर्गन सहित प्रमुख खेलाडी फर्किएका छन् ।

पाकिस्तानविरुद्ध तीन ओडिआई सिरिजको लागि ओईन मोर्गनको कप्तानीमा टोली घोषणा भएपनि तीन खेलाडीमा कोरोना देखिएपछि इंग्ल्यान्डले स्टोक्सको कप्तानीमा पुरै नयाँ टोली घोषणा गरेको थियो । जुन टोलीले पाकिस्तानमाथि क्लिनस्विपनै गर्न सफल भयो ।
प्रमुख अलराउन्डर स्याम करन र स्टोक्सलाई अगष्ट पहिलो सातादेखि सुरु हुने भारतविरुद्ध पाँच टेस्टको लागि विश्राम दिएको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै तीव्र गतिका बलर मार्कवुड र क्रिस वोक्स पनि टोलीमा छैनन् ।

पाकिस्तानविरुद्ध ओडिआई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर सकिब मोहम्मद, ज्याक बेल, स्पिनर म्याट पार्किसन र अलराउन्डर लुईस ग्रेगरीले टि२० टोलीमा स्थान बनाएका छन् । ओडिआई सिरिज खेलेका डेविड मलानलाई पनि टि२० टोलीमा समेटेको छ । मलान टि२० टोलीका प्रमुख ब्याट्सम्यान हुन् । ओडिआई सिरिजका अन्य खेलाडीले भने मौका पाएका छैनन् । पहिलो टि२० आई खेल शुक्रबार दोसो आइतबार र तेस्रो मंगलबार हुने छ ।


इंग्ल्यान्डको टि२० टोली : ओईन मोर्गन (कप्तान), मोईन अली, ज्याक बेल, जोनी बेयरस्टो, टम ब्यान्टन, जस बटलर, टम करन, लुईस ग्रेगरी, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, सकिब मोहम्मद, डेविड मलान, म्याट पार्किसन, आदिल राशिद, जेसन रोय र डेविड विल्ली ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.