default_image

4 years ago

July 14, 2021

कुशल वरीयतामा पोलार्डभन्दा उत्कृष्ट

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डभन्दा अघि रहेका छन् ।

आइसिसीको नयाँ वरीयतामा कुशल एक स्थान सुधार गर्दै ५९ औं स्थानमा उक्लिएका छन् । कुशलको ४ सय ४२ रेटिङ प्वाइन्ट छ । पोलार्ड ६० औं स्थानमा छन् । भारतीय क्रिकेट टोलीका सूर्यकुमायर यादव ६६ औं, ऋषभ पन्त ७२ औं र अष्ट्रेलिया स्टिभ स्मिथ ७३ औं स्थानमा छन् । पारस खड्का ९१ औं स्थानमा पुगेका छन् ।

कप्तान ज्ञानेन्द्र मल्ल पनि खस्कदै ९६ औं स्थानमा पुगेका छन् । ब्याटिङको शीर्षक्रममा इंग्ल्यान्डका डेविड मलान हुँदा पाकिस्तानका कप्तान बाबर आजम दोस्रो र अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो स्थानमा छन् । न्युजिल्यान्डका डेभन कन्वे चौथो स्थानमा छन् ।

बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ७८ औं स्थानमा झरेका छन् । वेस्ट इन्डिजका फबिएन एलेन एकै पटक १६ स्थान सुधार गर्दै १० औं स्थानामा उक्लिएका छन् । बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, अफगानिस्तानका राशिद खान, आदिल राशिद र श्रीलंका वानिन्दु हसरंगा क्रमशः शीर्ष, दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् ।

गत वैशाखमा नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टि२० आई सिरिजको कुल ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.